नयाँ वर्षको तीजमा ‘सम्हालिन्छ कहिले मन’
काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन मिति तय भएको छ । निर्माण युनिटले ५ भदौलाई फिल्मको प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेका हो ।
सुदर्शन थापाको निर्देशन रहेको फिल्म हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।
अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।
नयाँ बर्षको तीजलाई लक्षित फिल्म प्रदर्शनमा ल्याउन लागिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म अव सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’सँग भड्ने छ ।
एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’मा पूजा र आकाशको अलवा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।
सौरभ लामाको छायाँकन, महेश दवाडीको लेखन रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताइएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेलले संगीत भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित