केन्द्रीय संस्करण

स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका

person explore access_timeफागुन ८, २०७६ chat_bubble_outline0
FILE PHOTO

ललितपुर । नैतिक शिक्षामा बढावा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिकसत्र विसं २०७७ देखि नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको  पाठ्यक्रम लागू गर्ने जनाएको छ ।  पाठ्यक्रम  कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ ।

एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।  उनले भने, ‘यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ ।  नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्यमान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।’ नगरपालिकामा  ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ विद्यालय  छन् । ती विद्यालयमा एकैसाथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक, समाजसेवी र  जनप्रतिनिधिबीच छलफल र  सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा  अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ । 

नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारका लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदानप्रदान भई सकारात्मक प्रतिस्पर्धा  बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...