अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्नि पीडितलाई राहत उपलब्ध गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार अध्यक्ष राउत गृह मन्त्रालयमा गएर भूकम्प पीडितहरूलाई दिएको जस्तै अग्नि पीडितलाई पनि राहत दिन आग्रह गरेका हुन् । सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लामा भएको आगजनीले धनजनको ठुलो क्षति भएको छ । सानो राहतले पुरा नहुने भएकाले सरकारले विशेष प्याकेज बनाएर राहत प्रदान गर्न उनले आग्रह गरे । यस्तै उनले अग्नि पीडितका लागि घर बनाइदिन पनि आग्रह गरे ।
यस्तै उनले सुरक्षा निकायलगायत अन्य सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिनका लागि गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।
सुखा मौसममा खानेपानीको पनि अभाव देखिएको भन्दै उनले त्यसको व्यवस्थाका लागि गृह मन्त्रालयले तत्परता देखाउनुपर्ने अध्यक्ष राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण