मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार

शुक्रबार, १४ वैशाख २०८१, १८ : ५७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि निर्देशिका तयार गरेको छ । पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।

राउतले शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकमा सो मस्यौदा पेस गरेका हुन् । कार्यकारिणी सदस्यहरूले मस्यौदा अध्ययन गरेपछि शनिबार पुनः बस्ने बैठकमा मस्यौदामाथि छलफल हुने जसपाका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

राउतले प्रस्तुत गरेको मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । यस्तै महाधिवेशन प्रतिनिधि कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरिएको छ ।  प्रस्तावमाथि शनिबार छलफल हुने र त्यसलाई अन्तिम रूप दिने राउतले बताए । जसपाको एकता महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।

महाधिवेशनकै लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप