जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि निर्देशिका तयार गरेको छ । पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।
राउतले शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकमा सो मस्यौदा पेस गरेका हुन् । कार्यकारिणी सदस्यहरूले मस्यौदा अध्ययन गरेपछि शनिबार पुनः बस्ने बैठकमा मस्यौदामाथि छलफल हुने जसपाका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
राउतले प्रस्तुत गरेको मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । यस्तै महाधिवेशन प्रतिनिधि कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरिएको छ । प्रस्तावमाथि शनिबार छलफल हुने र त्यसलाई अन्तिम रूप दिने राउतले बताए । जसपाको एकता महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।
महाधिवेशनकै लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण