कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो
बुधबार, १९ चैत २०७६, २२ : ४४
विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो ।
यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ ।
यसैगरी १ लाख ९० हजार ६६० जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।
कोरोनाबाट बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ३४१ र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ । इरानमा पनि १३८ जनाको मृत्यु भएको छ ।
नेपालमा यो भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने त्यसमा पनि एक जना निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !