बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक दुरीको बेवास्ता गर्दै मसाल जुलुस प्रदर्शन

मङ्गलबार, १६ वैशाख २०७७, २२ : २७
मङ्गलबार, १६ वैशाख २०७७

जनकपुर । केही दिनअघि पूर्व आइजीपी लगायतले अपहरण गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका नवगठित जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन गरिएको छ । सो पार्टीका कार्यकर्ताहरुले मंगलबार साँझ डा. यादवको गृह गाउँमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला सामाजिक दुरीको समेत ख्यालै नगरी गरिएको प्रदर्शनमा प्रतिनिधिसभाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कर्याालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा  पार्टी कार्यकर्ताहरुले महोत्तरीमा प्रदर्शन गरेका हुन् ।  महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा भएको सो प्रदर्शनमा पार्टीका थुप्रै नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप