आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिमेन्टमा कालोबजारी गर्ने व्यवसायी पक्राउ

बुधबार, २४ वैशाख २०७७, २२ : ४४
बुधबार, २४ वैशाख २०७७

सिरहा । सिरहा प्रहरीले निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक व्यवसयाीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले मिर्चैया नगरपालिका ५ मा रहेको भाग्य विद्याता आयरण स्टोर्सका सञ्चालक राजकुमार मगरलाई बढी मूल्यमा बेचेको १० बोरा सिमेन्टसहित आज नियन्त्रणमा लिएको हो । 

सञ्चालक मगर मिर्चैया ७ फूलबरीयाका टिकाराम पोखरेललाई सिमेन्ट बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।  स. १ ह. २७७९ नम्वरको अटोमा मारुती सिमेन्ट लोड गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयका डिएसपी सन्तु जयसवालले जानकारी दिए । 

सञ्चालक मगरले ७ सय ६० पर्ने सिमेन्ट पोखरेललाई ८ सय ६० को दरले बिक्री गरेको पाइएकोले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले सञ्चाालक मगरसँग बिल माग्दा आफूले नै महङ्गोमा खरिद गरेकोले ८ सयका दरले बिक्री गरेको बताएका थिए ।

मगरले यहि बैशाख २१ गते राती जनकपुरका व्यपारी राजकुमार जैनसँग प्रतिबोरा ७ सय ६० का दरले ३ सय ५० बोरा सिमेन्ट खरिद गरेको बताइएको छ । त्यसमध्ये १० बोरा टिकाराम पोखरेललाई बिक्री गरी बाँकी ३ सय ४० बोरा सिमेन्ट सहितको गोदाम वडा कार्यालय र उद्योग बाणिज्य संघका प्रतिनिधिको रोहवरमा सिल गरिएको बताइएको छ । लकडाउनको बहाना देखाएर व्यसायीहरुले उपभोक्तासँग चर्को मूल्य लिने गरेको उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप