आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जंगलमा आगो लगाएको आरोपमा कास्कीबाट एकजना पक्राउ

आइतबार, २३ वैशाख २०८१, २० : ५०
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् । 

मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । 

आफ्नो खरबारीमा आगो लगाउँदा सो आगो अनियन्त्रित भएर सामुदायिक जंगलमा फैलिएको आरोपीले बयान दिएका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागी डिभिजन बन कार्यालय बगरमा पठाइएको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप