शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको शुलानमा बढे कोरोना संक्रमित, लकडाउन लागू

सोमबार, २९ वैशाख २०७७, १० : २२
सोमबार, २९ वैशाख २०७७

चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ ।

सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् ।

४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

शहरका सबै सार्वजनिक स्थान बन्द गरिएको छ र मानिसहरुलाई घरमा नै बस्न अपिल गरिएको छ । यसबाहेक सार्वजनिक  यातायातमासमेत रोक लगाइएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप