‘छैन मलाई पीर’मा नाजिर र कुसुमको रोमान्स
काठमाडौं । देशमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । यो समय गायक गायिका चेतनामुलक गीतमार्फत सर्वसाधारणमा चेतना फैल्याउने काममा पनि लागेका छन् । गायक सञ्जीव पराजुली भने केही फरक देखिएका छन् । उनले कोरोनालाई नजोडिकन माया प्रेमको गीत ‘छैन मलाई पीर’ ल्याएका छन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगरको अभिनय देख्न सकिन्छ । ग्रामीण परिवेशको लोकेसनमा छायाँकन गरिएको गीतमा कुसुमलाई मनमनै मन पराएर उनीसँग नाचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसङ्ग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सञ्जीवसँग हुन्छ । भिडियोमा सञ्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !