गोँगबुमा दुर्घटना हुँदा दुईको मृत्यु
शुक्रबार, १६ जेठ २०७७, २१ : ४१
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृत्यु भएको जानकारी दिए ।
घाइते विष्टको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र घाइते बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनासँग सम्बन्धित मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी