मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसविरुद्धको लडाइँमा उदाहरण बनेको भियतनाम, जसले मृत्युलाई पन्छ्याउन सकेको छ

‘भियतनामका जनतालाई थाहा छ : संक्रमणलाई गम्भीर रुपमा लिन आवश्यक छ’
मङ्गलबार, २० जेठ २०७७, ०४ : ००
मङ्गलबार, २० जेठ २०७७

अहिले विश्वलाई नै हावाकावा खेलाइरहेको कोभिड–१९ को महाव्याधिसँग जुघ्नको लागि स्रोत र साधन प्रमुख कुरा होइन; लकडाउनमात्रै विकल्प हाेइन, प्रमुख कुरा त दृरदृष्टियुक्त इमान्दार नेतृत्व र संगठित प्रयत्नको जरुरत पर्छ, जसले कुनै पनि महासंकटसँग जुघ्नका लागि मुलुक र जनतालाई तयार बनाउँछ भन्ने कुराको गतिलो उदाहरण हो– भियतनाम । सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमणलाई न्यून संख्यामा सीमित गर्न तथा सोही कारण मुलुकमा मृत्यु हुन नदिएर सारा संसारलाई आश्चर्यचकित तुल्याउन सफल भियतनामले अपनाएका नीति र तौरतारिकाहरु नेपालका लागि पनि सिक्नैपर्ने एउटा गतिलो पाठ हुन सक्छ ।

जब विश्वले नोबेल कोरोना भाइरसको महामारी व्यवस्थापनको सफल उदाहरणका लागि एशियातिर नजर डुलाउँछ, त्यतिबेला दक्षिण कोरिया, ताइवान र हङकङले धेरै ध्यान र प्रशंशा बटुल्छन् ।

तर यहाँ, वेवास्ता गरिएको अर्को एउटा सफलताको कथा छ – त्यो हो : भियतनाम । ९ करोड ७० लाख जनसंख्या भएको यस मुलुकमा कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन, चीनसँग लामो सीमा जोडिएको र चीनबाट हरेक वर्ष दशौं लाख पर्यटकको आगमन हुने यस देशमा  गत शनिबारसम्म केवल ३ सय २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।

तीन सातासम्मको राष्ट्रव्यापी लकडाउनपछि भियतनामले सामाजिक दूरीको नियम अप्रिलको अन्त्यमा खुकुलो गर्‍यो । यहाँ पछिल्लो  ४० भन्दा धेरै दिनदेखि स्थानीय स्तरमा संक्रमण भेटिएको छैन । उद्योग र विद्यालयहरु फेरि खुलिसकेका छन् र बिस्तारै जनजीवन सामान्य हुँदैछ ।


यो कुरा यसकारण पनि यो सबै महत्वपूर्ण छ कि भियतनाम न्यून मध्यम आय भएको देश हो र यस क्षेत्रका अन्य देशको दाँजोमा यहाँ अत्याधुनिक उपचार प्रणालीको कमी छ ।  विश्व बैंकका अनुसार यहाँ प्रति १० हजार जनताका लागि ८ डाक्टर उपलब्ध छन्, जुन दक्षिण कोरियाको दाँजामा तीन गुणा कम हो ।

तीन सातासम्मको राष्ट्रव्यापी लकडाउनपछि भियतनामले सामाजिक दूरीको नियम अप्रिलको अन्त्यमा खुकुलो गर्‍यो । यहाँ पछिल्लो  ४० भन्दा धेरै दिनदेखि स्थानीय स्तरमा संक्रमण भेटिएको छैन । उद्योग र विद्यालयहरु फेरि खुलिसकेका छन् र बिस्तारै जनजीवन सामान्य हुँदैछ ।

अनुमान गर्नेहरुलाई भियतनामको आधिकारिक संक्रमण संख्या वास्तविक नलाग्न पनि सक्ला । तर, भियतनाम सरकारले कोभिड–१९ बिरामीको उपचारका लागि तोकेका मुख्य अस्पतालमध्ये एकमा कार्यरत संक्रामक रोगका चिकित्सक डाक्टर गाई थवेटिजले त्यो संख्या यथार्थ रहेको बताए । 

‘म हरेक दिन वार्डमा जान्छु र मलाई घटना थाहा छ, अहिलेसम्म त्यहाँ कसैको मृत्यु भएको छैन,’ हो चि मिन्ह शहरस्थित अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिटको समेत नेतृत्व गरिरहेको थवेटिज भन्छन् ।

‘ रिपोर्ट नभएको वा अनियन्त्रित सामुदायिक संक्रमण थियो भने हामीले  हाम्रो अस्पतालमा छातीको संक्रमण भएका शायद रोग पहिचान भएका बिरामीहरु देख्ने थियौं । तर त्यस्तो कहिल्यै भएको छैन,’ उनी भन्छन् ।

त्यसो भए भियतनामले कसरी संक्रमणको विश्वव्यापी लहरलाई छेकेको छ र ठूलो रुपमा कोरोना भाइरसको त्रासदीबाट मुक्त छ ?

जनस्वास्थविद्हरुका अनुसार यसको उत्तर– संक्रमण फैलनबाट रोक्न सरकारको तिव्र र सुरुवाती प्रतिक्रियादेखि कन्ट्याट–ट्रेसिङ, क्वारेन्टिन विधि र प्रभावकारी जनसञ्चार जस्ता विभिन्न पक्षको संयोजनमा निर्भर छ ।

सुरुवाती प्रतिक्रिया

आफ्नो देशमा पहिलो संक्रमितको पहिचान हुनभन्दा केही साताअघि नै भियतनामले कोरोना भाइरस महामारीका विरुद्ध तयारी थालिसकेको थियो । यतिबेलासम्म चिनियाँ अधिकारी र विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) दुबैले मानिसबाट मानिसमा कोरोना भाइरस सर्छ भन्ने कुनै स्पष्ट प्रमाण नभएको बताइरहेका थिए । तर भियतनामले कुनै जोखिम मोल्न चाहेन ।

सामाजिक दूरी कायम गर्दै हनोइमा सामान किन्दै एक महिला ।

लुनार नयाँ वर्षको बिदाका दिन उत्सव मनाइरहँदा प्रधानमन्त्री  न्युयेन सुआन फोकले कोरोना भाइरसविरुद्ध युद्धको घोषणा गरे । ‘यो महामारीसँग लड्नु शत्रुसँग लड्नुजस्तै हो,’ २७ जनवरीमा कम्युनिष्ट पार्टीको आपतकालीन बैठकमा उनले भने । तीन दिनपछि उनले महामारी नियन्त्रणका लागि राष्ट्रिय संयन्त्र गठन गरे, यही दिन डब्ल्युएचओले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय सरोकारको स्वास्थ आपतकाल घोषणा गर्‍यो ।


‘हामी डब्ल्युएचओको निर्देशिका मात्रै कुरेर बसेनौं । सुरुमै कारबाही अघि बढाउने निर्णयका लागि देशभित्र र देशबाहिरबाट आफैं संकलन गरेका डाटालाई आधार मान्यौं,’ हानोईस्थित नेशनल इन्स्टिच्युट अफ हाइजिन एन्ड इपिडिमियोलोजीअन्तर्गत संक्रमण नियन्त्रण विभागका सहायक प्रमुख फाम क्वाङ थाइले भने ।

जनवरीको सुरुदेखि नै उहानबाट आउने यात्रुका लागि हानोई अन्तर्राष्ट्रिय विमानस्थलमा तापक्रम नाप्ने व्यवस्था गरिएको थियो । ज्वरो देखिएका यात्रुलाई आइशोलेसनमा राखियो र नजिकबाट निगरानी गरियो ।

मध्य जनवरीमा उपप्रधानमन्त्री भु डुम डामले भियतनाममा रोग फैलन नदिनका लागि कडा नियम अबलम्बन गर्न सरकारी एजेन्सीहरुलाई निर्देशन दिइरहेका थिए । सिमाक्षेत्र, विमानस्थल र समून्द्री बन्दरगाहमा मेडिकल क्वारेन्टिन बलियो बनाउन निर्देशन दिइयो । 

२३ जनवरीमा भियतनामले आफ्नो देशमा पहिलोपटक दुईवटा कोरोना भाइरसको घटना देखिएको पुष्टि गर्‍यो – भियतनाममा बस्ने एक चिनियाँ नागरिक र छोरा भेट्नका लागि ऊहानबाट आएका ती नागरिकका बाबुमा कोरोना देखिएको थियो । अर्को दिन भियतनामका उड्डन अधिकारीहरुले ऊहानबाट आउने र जाने सबै उडानहरु स्थगित गरे ।

लुनार नयाँ वर्षको बिदाका दिन उत्सव मनाइरहँदा प्रधानमन्त्री  न्युयेन सुआन फोकले कोरोना भाइरसविरुद्ध युद्धको घोषणा गरे । ‘यो महामारीसँग लड्नु शत्रुसँग लड्नुजस्तै हो,’ २७ जनवरीमा कम्युनिष्ट पार्टीको आपतकालीन बैठकमा उनले भने । तीन दिनपछि उनले महामारी नियन्त्रणका लागि राष्ट्रिय संयन्त्र गठन गरे, यही दिन डब्ल्युएचओले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय सरोकारको स्वास्थ आपतकाल घोषणा गर्‍यो ।

फेब्रअरी १ मा देशमा कोरोनाका केवल ६ संक्रमित भेटिएका बेला भियतनामले राष्ट्रिय महामारी घोषणा गर्‍यो, भियतनाम र चीनबीचका सबै उडान रद्द गरियो, अर्को दिन चिनियाँ नागरिकको भिसा स्थगित गरियो ।

चीनबाट दक्षिण कोरिया, ईरान र इटलीमा कोरोना भाइरस फैलिएसँगै एक महिनाको अवधिमा भ्रमण कडाइ, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र भिसा स्थगित गर्ने काम फराकिलो ढंगले गरियो ।

लकडाउनको सूचनाछेउ उभिएका एक सुरक्षाकर्मी

मार्चको अन्त्यमा अन्तत: भियतनामले सबै विदेशीहरुलाई प्रवेशमा रोक लगायो । व्यवहारिक लकडाउनको नियम लागु गर्नेमा पनि भियतनाम अग्रपंक्तिमा थियो । १२ फेब्रअरीमा हनाईदेखि उत्तरको १० हजार जनसंख्या बसोबास गर्ने एउटा ग्रामीण समुदायका ७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि सम्पूर्ण रुपमा २० दिन यो स्थान नै लकडाउन गरियो, यो चीनबाहिर गरिएको ठूलो परिमाणको पहिलो लकडाउन थियो ।


मार्चको अन्त्यमा अन्तत: भियतनामले सबै विदेशीहरुलाई प्रवेशमा रोक लगायो । व्यवहारिक लकडाउनको नियम लागु गर्नेमा पनि भियतनाम अग्रपंक्तिमा थियो । १२ फेब्रअरीमा हनाईदेखि उत्तरको १० हजार जनसंख्या बसोबास गर्ने एउटा ग्रामीण समुदायका ७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि सम्पूर्ण रुपमा २० दिन यो स्थान नै लकडाउन गरियो, यो चीनबाहिर गरिएको ठूलो परिमाणको पहिलो लकडाउन थियो ।

लुनार नयाँ वर्षपछि फेब्रुअरीमा खोल्ने तय भएका स्कुल र विश्वविद्यालय बन्द गर्न निर्देशन दिइयो र मेमा मात्रै खोलियो । हो चि मिन्ह शहरका संक्रामक रोग विज्ञ थवेटिजका अनुसार नियन्त्रणमा भियतनामले देखाएको छिटो प्रतिक्रिया नै यसको सफलताको मुख्य कारण थियो । 

‘जनवरीको अन्त्य र फेब्रअरीको सुरुवातमा सरकारको कारबाही अन्य धेरै देशको तुलनामा धेरै तिव्र र राम्रो थियो र नियन्त्रण कायम राख्नका लागि यो अति नै सहयोगीसिद्ध भयो,’ उनले भने ।

ध्यानपूर्वक कन्ट्याक्ट्रेसिङ

सुरुवातमै चालिएको निर्णायक कदमले सामुदायमा संक्रमणलाई प्रभावकारी रुपमा रोक्यो र फेब्रुअरी १३ सम्म संक्रमित संख्या केवल १६ मा राख्न भियतनाम सफल भयो । मार्चमा विदेशबाट घर फर्किएकाहरुले ल्याएको दोस्रो लहरले हान्नुअघि तीन सातासम्म यहाँ नयाँ संक्रमण थिएन । अधिकारीहरुले कडाइका साथ संक्रमण पुष्टि भएका बिरामीहरुको सम्पर्कमा आएकाहरुलाई पहिचान गरे, अनि उनीहरुलाई अनिवार्य रुपमा दुई साता क्वारेन्टिनमा राखे । ‘हामीसँग निकै बलियो प्रणाली छ । ६३ वटा प्रान्तीय सिडिसी (रोग नियन्त्रण केन्द्र), ७ सय जिल्ला स्तरका सिडिसी र ११ हजारभन्दा बढी सामुदायिक स्वास्थ केन्द्र । सबैले कन्ट्याक्ट ट्रेसिङ (सम्पर्क पहिचान) का लागि योगदान गर्छन्,’ डाक्टर फामले भने । कुनै पनि संक्रमितले आफूले पछिल्ला १४ दिनभित्र भेटेका सबै व्यक्तिको सूची स्वास्थ्य अधिकारीहरुलाई दिनुपर्छ । फामका अनुसार पत्रिका र टेलिभिजनमार्फत् कहाँ र कतिबेला कोरोना भाइरसका बिरामी पुगेका थिए भन्ने जानकारीसहित सूचना राखिएको हुन्छ, कोही व्यक्ति त्यही ठाउँमा त्यही समयमा पुगेको छ भने उसलाई पनि स्वास्थ संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको हुन्छ ।

परीक्षणका लागि पालो कुर्दै

अधिकारीहरुले अस्पतालसँग जोडिएका १५ हजारभन्दा धेरैको परीक्षण गरेका थिए । भियतनामको कन्ट्याक ट्रेसिङ विधि धेरै प्रभावकारी रह्यो,  संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा आएका मात्रै होइन, अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई पनि यसल पहिचान गर्‍यो । ‘यो उनीहरुको प्रतिक्रियाको अनौठो पक्ष हो । मलाई लाग्दैन कुनै देशले यो स्तरमा क्वारेन्टिन गर्न सकेको छ,’ थवाटिसले भने ।


डाक्टर फामका अनुसार जब भियतनामका ठूला अस्पतालमध्ये एक हनोईस्थित बाच माई अस्पतालमा  गत मार्चमा दर्जनौंमा कोरोना संक्रमण देखिए, तब अधिकारीहरुले अस्पताल लकडाउन गरेर स्वास्थकर्मी, कर्मचारी, बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न आउने व्यक्तिलगायत संक्रमितको सम्पर्कमा आउनसक्ने झन्डै १ लाख मानिसको पहिचान गरे ।

‘कन्ट्याट ट्रेसिङमार्फत हामीले प्राय सबैको पहिचान गर्‍यौं र उनीहरुलाई घरमै सेल्फ क्वारेन्टिनमा बस्न र कुनै लक्षण देखियो भने स्वास्थ्य केन्द्र भ्रमण गरेर निशुल्क परीक्षण गर्न भन्यौं,’ उनले भने । यसक्रममा अधिकारीहरुले अस्पतालसँग जोडिएका १५ हजारभन्दा धेरैको परीक्षण गरेका थिए । भियतनामको कन्ट्याक ट्रेसिङ विधि धेरै प्रभावकारी रह्यो,  संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा आएका मात्रै होइन, अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई पनि यसल पहिचान गर्‍यो । ‘यो उनीहरुको प्रतिक्रियाको अनौठो पक्ष हो । मलाई लाग्दैन कुनै देशले यो स्तरमा क्वारेन्टिन गर्न सकेको छ,’ थवाटिसले भने ।

संक्रमितसँग सिधा सम्पर्कमा आएका सबैलाई स्वास्थ्य केन्द्र, होटल वा सैन्य क्याम्पको सरकारी क्वारेन्टिनमा राखियो । २० जना जनस्वास्थविद्ले गरेको ‘भितनामको कोभिड–१९ नियन्त्रण विधि’ अध्ययनअनुसार अप्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई घरमै सेल्फ आइशोलेसनमा बस्न निर्देशन दिइयो ।

१ मेसम्म झन्डै ७० हजार मानिसलाई भियतनामका सरकारी भवनमा क्वारेन्टिनमा राखिएक थिए, अध्ययनअनुसार १ लाख ४० हजार जना होटल वा घरमा आइशोलेसनमा बसेका थिए । 

यस अध्ययनले देशका पहिलो २ सय ७० बिरामीमध्ये ४३ प्रतिशतमा कुनै लक्षण नदेखिएको पनि पत्ता लगाएको थियो, जसले कन्ट्याट ट्रेसिङ र क्वारेन्टिनको महत्व कति बढी थियो भन्ने झल्काउँछ ।

अधिकारीहरुले जनतालाई संक्रमणको खतराबारे सक्रिय रुपमा जानकारी नदिएको भए पहिचान हुनअघि नै बिस्तारै भाइरस समुदायमा फैलिइसकेको हुने थियो । 

आम सञ्चार र  प्रचारबाजी

सुरुवातदेखि नै भियतनाम सरकारले सर्वसाधारणसँग महामारीबारे स्पष्ट संवाद गर्‍यो । सर्वसाधारणलाई महामारीको ताजा अवस्था र स्वास्थ्य सल्लाह दिनका लागि प्रतिबद्ध बेवसाइट, टेलिफोन हटलाइन र फोन एपहरु बनाइएका थिए ।    स्वास्थ मन्त्रालयले नियमित रुपमा सर्वसाधारणलाई एसएमएस म्यासेजमार्फत् यस महामारीको स्मरण गराइरह्यो ।

फामका अनुसार व्यस्त दिनमा राष्ट्रिय हटलाइनमा मात्रै २० हजार कल आउथे, सयौं प्रान्तीय र जिल्ला तहका हटलाइनको हिसाबै छैन ।

लाउडस्पिकरमार्फत, सडकमा पोस्टर टाँसेर र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउन देशको ठूलो प्रचार संयन्त्रलाई पनि परिचालन गरियो ।  फेब्रुअरीको अन्त्यमा स्वास्थ्य मन्त्रालयले भियतनामको हिट पप गीतमा आधारित रहेर आकर्षक म्युजिक भिडियो सार्वजनिक गर्‍यो । मानिसलाई कसरी राम्रोसँग हात धुने र महामारीमा अन्य सरसफाइका विधि अपनाउने भनेर यसले सचेतना दिन्छ ।


लाउडस्पिकरमार्फत, सडकमा पोस्टर टाँसेर र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउन देशको ठूलो प्रचार संयन्त्रलाई पनि परिचालन गरियो ।  फेब्रुअरीको अन्त्यमा स्वास्थ्य मन्त्रालयले भियतनामको हिट पप गीतमा आधारित रहेर आकर्षक म्युजिक भिडियो सार्वजनिक गर्‍यो । मानिसलाई कसरी राम्रोसँग हात धुने र महामारीमा अन्य सरसफाइका विधि अपनाउने भनेर यसले सचेतना दिन्छ । ‘हात धुने गीत’ का रुपमा चर्चित यो गीत तत्कालै भाइरल भयो, यसलाई युट्युबमा ८४ मिलियनभन्दा धेरैपटक हेरिसकिएको छ ।

थावेटिसका अनुसार विगतमा २००२ देखि २००३ सम्म सार्स महामारी र त्यसपछि एभियन इन्फ्लुएन्जाजस्ता सरुवा रोगको महामारीसँग भिडेको भियतनामको खारिएको अनुभवले सरकार र सर्वसाधारणलाई कोभिड–१९ महामारीसँग राम्ररी तयार हुनका लागि सहयोग गर्‍यो ।

‘सायद, धनी देश र संक्रामक रोग कम देखिने युरोप, बेलायत र अमेरिकी देशको तुलनामा यो जनसंख्याले संक्रामक रोगलाई बढी सम्मानका साथ हेर्छ,’ उनले भने, ‘यो देशका जनतालाई थाहा छ कि यस्ता कुरालाई गम्भिर रुपमा लिन आवश्यक छ र संक्रमण फैलनबाट रोक्नका लागि सरकारले दिएका निर्देशिका पालना गर्नुपर्छ ।’

सीएनएनबाट अन्वेषण अधिकारीकाे अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप