कोरोनाभाइरस अपडेटः स्पेन र इटालीलाई पछि छाड्दै भारत पाँचौ स्थानमा
संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ ।
भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६ हजार ६५७ जना रहेका छन् । यसमध्ये ६ हजार ६४२ को मृत्यु भएको छ भने १ लाख १२ हजार ७२ जना निको भइसकेका छन् । देशमा १ लाख १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।
उता, बेलायतमा पनि पछिल्लो २४ घण्टामा २०४ जनाले ज्यान गुमाएका छन् । योसँगै बेलायतमा मर्नेको संख्या ४० हजार ५४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा बेलायतमा १ हजार ५५७ नयाँ संक्रमित फेला परेका छन् । बेलायतमा हालसम्म २ लाख ८६ हजार २९४ संक्रमित फेला परेका छन् ।
उता, अमेरिका अझै पनि सबैभन्दा धेरै संक्रमित रहेको देश रहेको छ । हालसम्म अमेरिकामा १९ लाखभन्दा बढी संक्रमित फेला परेका छन् । त्यहाँ हालसम्म १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?