केन्द्रीय संस्करण
कोरोनाभाइरस

चमेरा : खतरनाक भाइरसहरुको खानी !

सार्स–कोभ–२ मात्रै हैन, मानिसलाई सोत्तर पार्न सक्ने अन्य थुप्रै भाइरसहरु पनि चमेरामै पाइन्छ !

person explore access_timeजेठ २८, २०७७ chat_bubble_outline0

अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक मात्र उड्न सक्ने विचित्रको स्तनधारी जीव हो चमेरा ।

मानव सभ्यतामा चमेरालाई हेर्ने दृष्टिकोण खासै सकारात्मक छैन । अनगिन्ती कीरा फट्यांग्राहरु खाएर मानिसलाई गुण लगाउने, कैयौं फलफूल तथा खानेकुराहरुको विरुवामा परागसेचन गरेर भोकमरीबाट मानिसलाई जोगाउने यो ‘मानव–मित्रु’ जीवलाई लामो समयदेखि मानिसहरुले आफ्नो शत्रु ठान्दै आएको छ, मिथकहरुमा यसलाई खतरनाक र पैशाचिक जीवको रुपमा प्रस्तुत गरिँदै आएको छ । भुताहा फिल्महरुमा यसलाई पिशाच, मानिसको रगत चुस्ने खतरनाक जीवको रुपमा प्रस्तुत गरेर बदनाम गरिएका छन् । अझ झन् पछिल्ला शतकमा थुप्रै महामारी फैलाउने भाइरसहरुको मुहान वा स्रोत पनि चमेरा नै हो भन्ने पत्ता लाग्दै आएपछि त मानिसहरुमाझ ‘चमेराको छवि र इज्जत’ झनै खराब बन्दै गएको छ ।


पछिल्ला दशकहरुमा देखापरेका सार्स, मेर्स, इबोला, मारबर्ग र सार्स–कोभ–२ जस्ता खतरनाक भाइरसका महामारीहरुले संसारमा ठूलो आतंक मच्चायो, मच्चाइरहेका छन् । रेबिज, निपाहा, हेन्ड्रा, इबोला, मार्बग, सार्स, मेर्स र सार्स–कोभ–२ यी संसारमै सबैभन्दा डरलाग्दा मानिने भाइरसहरुमध्येका केही नाम हुन् । यी सबै भाइरसहरुका स्रोत चमेरा नै मानिन्छ ।


वास्तवमै, पछिल्ला दशकहरुमा देखापरेका सार्स, मेर्स, इबोला, मारबर्ग र सार्स–कोभ–२ जस्ता खतरनाक भाइरसका महामारीहरुले संसारमा ठूलो आतंक मच्चायो, मच्चाइरहेका छन् । रेबिज, निपाहा, हेन्ड्रा, इबोला, मार्बग, सार्स, मेर्स र सार्स–कोभ–२ यी संसारमै सबैभन्दा डरलाग्दा मानिने भाइरसहरुमध्येका केही नाम हुन् । यी सबै भाइरसहरुका स्रोत चमेरा नै मानिन्छ । इबोला भाइरसको संक्रमण अत्यन्तै घातक हुने गर्छ । यसको संक्रमणमा परेका ९० प्रतिशत मानिसहरुको मृत्यु हुने गर्छ । त्यसको तुलनामा कोरोनाभाइरस सार्सको संक्रमणको मृत्युदर कम हुने गर्छ तर यो इबोलाको तुलनामा अत्यन्तै चाँडो फैलिने गर्छ । अझ अहिले संसारमा भयानक महामारी फैलाइरहेको कोरोनाभाइरसकै अर्को रुप सार्स–कोभ–२ पनि इबोला जस्तो घातक त छैन तर यो सार्सभन्दा पनि भयानक ढंगले फैलिइरहेको छ र त्योभन्दा पनि बढी घातकता यसमा देखिएको छ ।

ध्यानयोग्य कुरा के छ भने, यी खतरनाक विषाणुहरु विगत १०० वर्षभित्रै देखापरेका हुन् । र, अनौठो संयोगको कुरा, मानव जातिका लागि घातक साबित भएका यस्ता थुप्रै खतरनाक भाइरसहरुको स्रोत चाहिँ चमेरा नै मानिएको छ ।

OUTSIDE A BAT CAVE in China's Guangxi province in 2004, Shi Zhengli releases a fruit bat after taking a blood sample. Credit: Shuyi Zhang. https://static.scientificamerican.com

चमेरामाथि विगत कैंयौं वर्षदेखि गहन अध्ययन गर्दै आएका, व्याट वुमेनको उपाधि पाएका, चमेराजन्य भाइरसका मामिलामा संसारकै सबैभन्दा अग्रणी मानिने  चीनका भाइरोलोजिस्ट सी झेङलीका भनाइलाई विश्वास गर्ने हो भने त अहिले महामारी फैलाइरहेका भाइरसहरु त केही होइन, भविष्यमा चमेरामा पाइने अन्य थुप्रै भाइरसहरुले संसारमा ठूलो र भयानक महामारी ल्याउन सक्ने छ ।


हुन पनि अरु जनावरहरुको तुलनामा चमेरो मात्रै यस्तो बदनाम प्राणी हो, जसले मानिसलाई मार्न सक्ने खालका थुप्रै घातक भाइरसहरु बोक्ने गर्छन् । चमेरामाथि विगत कैंयौं वर्षदेखि गहन अध्ययन गर्दै आएका, व्याट वुमेनको उपाधि पाएका, चमेराजन्य भाइरसका मामिलामा संसारकै सबैभन्दा अग्रणी मानिने  चीनका भाइरोलोजिस्ट सी झेङलीका भनाइलाई विश्वास गर्ने हो भने त अहिले महामारी फैलाइरहेका भाइरसहरु त केही होइन, भविष्यमा चमेरामा पाइने अन्य थुप्रै भाइरसहरुले संसारमा ठूलो र भयानक महामारी ल्याउन सक्ने छ ।

आखिर चमेरामा नै चाहिँ यतिविघ्न भाइरसहरु किन हुन्छन् त ?

यो प्रश्नको उत्तर खोज्ने क्रममा विश्व वैज्ञानिक जगत्ले लामो समयदेखि अध्ययन अनुसन्धानहरु गर्दै आइरहेको छन् । सोही सिलसिलामा विभिन्न अवधारणाहरु प्रचलित पनि छन् ।

एउटा अवधारणाअनुसार, चमेरामा धेरै भाइरसहरु देखापर्नुृको मूल कारण ठूलो समूहमा बस्ने उसको बानी पनि हो भनी मानिएको छ ।

चमेरा ठूलो समूहमा बस्न रुचाउँछ । एउटै समूहमा पनि करोडौं संख्यामा चमेराहरु हुने गर्छन् । चमेराहरु पनि थरिथरिका हुन् गर्छन् तर उनीहरुको मुख्य समानता भनेकै समूहमा बस्नु हो । त्यसरी समूहमा बस्ने हुनाले चमेरामा भाइरस सजिलै फैलिने गर्छ । त्यो फैलिने क्रम एउटै प्रजातिका चमेराहरु बीचमा मात्रै हैन, प्रजाति–प्रजातिका बीचमा फैलिने गर्छ । ध्यानयोग्य कुरा के छ भने, भाइरसको घर नै भएपनि भाइरसको संक्रमणले अधिकाशतः चमेराहरुलाई कुनै नोक्सानी गर्दैन, उनीहरुमा  प्राकृतिक रुपमा नै अधिकांश भाइरसहरुका विरुद्ध प्रतिरोधी क्षमता विकसित भइसकेका हुन्छन् । फेरि उनीहरु शिकारको खोजीमा टाढा टाढासम्म उड्ने र मानववस्तीको अनियन्त्रित विस्तारले चमेराहरुको वासस्थानसम्म मानवीय गतिविधिहरु बढ्ने क्रमले चमेराबाट घरपालुवा पशुहरु, फलफूलहरु र स्वयं मानिसमा समेत भाइरसको संक्रमण सर्ने क्रम बढेर गएको हो ।

http://www.conservationleadershipprogramme.org

चमेरा ठूलो समूहमा बस्न रुचाउँछ । एउटै समूहमा पनि करोडौं संख्यामा चमेराहरु हुने गर्छन् । चमेराहरु पनि थरिथरिका हुन् गर्छन् तर उनीहरुको मुख्य समानता भनेकै समूहमा बस्नु हो । त्यसरी समूहमा बस्ने हुनाले चमेरामा भाइरस सजिलै फैलिने गर्छ । त्यो फैलिने क्रम एउटै प्रजातिका चमेराहरु बीचमा मात्रै हैन, प्रजाति–प्रजातिका बीचमा फैलिने गर्छ ।


सबैलाई थाहा भएकै कुरा हो, उड्ने भए पनि चमेरा एउटा स्तनधारी जीव हो । स्तनधारी जीवले ठूलो मात्रामा शक्ति पैदा नगरी उड्न सक्दैन । त्यस क्रियामा उसले ठूलो मात्रामा रियाक्टिभी विकारहरु पनि उत्पादन गरिरहेका हुन्छन् । ती रियाक्टिभ विकारहरुले हाम्रो डीएनएलाई नष्ट गर्ने क्षमता राख्छ । त्यसदौरानमा उनीहरुले आफ्ना भाइरसप्रतिरोधी विशेष कोषहरुलाई पनि विकास गरिरहेका  हुन्छन् जसले उनीहरुलाई भाइरसबाट जोगाउने काम गरिरहेको हुन्छ । यही विशिष्टताका कारण खतरनाक भाइरसहरु बोकिरहेका चमेरालाई चाहिँ भाइरसले खासै असर गरिरहेको हुँदैन ।

भाइरस बाँच्नको लागि एउटा निश्चित तापक्रमको जरुर पर्छ । सामान्यतः त्यो भनेको एउटा मानिसको शरीरको तापक्रम अर्थात् ३७ डिग्री सेन्टिग्रेटको आसपास हुने गर्छ । त्योभन्दा धेरै तापक्रम हुँदा त्यो मर्ने गर्छ । चमेराले उड्नेक्रममा उसको शरीरको आन्तरिक  तापक्रम बढेर ४० डिग्री सेन्टिग्रेड आसपास हुन जान्छ, जुन कतिपय भाइरसका लागि प्रतिकूल हुने गर्छ, अर्थात् त्यो तापक्रममा भाइरस बाँच्न सक्दैन, मरेर जान्छ । तर कतिपय भाइरसहरुले चाहिँ त्यो तापक्रमलाई पनि सहने क्षमता विकास गरेको हुन्छ । त्यो भनेको एउटा मानिसलाई ज्वरो आए बराबरको तापक्रममा पनि बाँच्न सक्छ । त्यसले चमेरो आफैंलाई त भाइरस प्रतिरोधी बनाएकै हुन्छ, स्वयं भाइरसलाई पनि मानवविरुद्ध प्रतिरोधी समेत बनाउन जान्छ ।

चमेराको लामो जीवन र भाइरस प्रतिरोधी क्षमताको रहस्य

एक मात्र उड्ने स्तनपायी जीवको रुपमा रहेको चमेरोले उडेको बेलामा आफ्नो खाना पचाउने र त्यसलाई शक्तिमा बदल्ने क्रिया ९mभतबदयष्अि० लाई बढाएको हुन्छ । यो क्रियाको दर जमीनमा दगुरिरहेको एउटा उत्रै साइजको मुसाप्रजातिको जीवको भन्दा झन्डै दोब्बर हुने गर्छ ।

सामान्यतः तीब्र शारीरिक गतिविधि र उच्च पचाउने तथा शक्तिमा रुपान्तरण गर्ने प्रक्रियाको दौरानमा फ्रि र्याडिकलहरु र रियाक्टिभ मोलिक्युल्स थुप्रिने गर्छ । त्यसले गर्दा शरीरमा कोषहरु नष्ट हुने प्रक्रिया पनि बढी नै हुने गर्छ । तर उड्ने कामलाई सम्पनन गर्नको लागि चमेराले त्यस्ता फ्रि र्याडिकल्स तथा रियाक्टिभ मोलिक्युल्सलाई प्रभावकारी ढंगले सफाइ गर्नका लागि विशेष शारीरिक प्रणालीको विकास गरेको हुन्छ ।

यसरी कुनै पनि किसिमका इन्फ्लेमेसनका कारण उत्पन्न हुने हानिकारक मोलेक्युल्सलाई सफाइ गर्ने क्षमताकै कारण चमेराको आयु पनि तुलनात्मक रुपमा धेरै बढी हुने गर्छ । मुटुको चाल तीब्र हुने र चाँचाँडो पाचनप्रक्रिया सम्पन्न गर्ने साना आकारका प्राणीहरुको आयु कम हुने गर्छ । त्यसको विपरीत मुटुको चाल तथा प्राचन प्रक्रिया अलि ढिलो हुने ठूला प्राणीहरुको आयु चाहिँ अलि बढी हुने गर्छ । यसो हुनुको कारण तीब्र मुटुको चाल र छिटो खाना पचाउने प्रक्रियामा उत्पन्न हुने हानिकारक फ्रि र्याडिकल्स नै हो । तर चमेरा यो कुराको अपवाद जस्तै हुन्छ । एउटा चमेराको आयु उस्तै आकारको अर्को स्तनधनरी प्राणीको आयुभन्दा निक्कै बढी हुने गर्छ । कुनै कुनै चमेरा ४० वर्षसम्म पनि बाँच्ने गर्छ, जबकि उत्रै आकारको एउटा मुसा प्रजातिको स्तनपायी जीव २ वर्षसम्म मात्रै बाँच्न सक्छ ।


थुप्रै चमेराहरुको प्रतिरोधी प्रणालीमा इन्टरफेरेनो–अल्फा नामक अति चनाखो  सन्देशवाकह मोलेक्युल हुने गर्छ, जसले भाइरसले अतिक्रमण गर्नुपूर्व नै अन्य कोषहरुलाई ‘युद्धका लागि तयार हुन’ सूचना दिने गर्छ । यही कारण नै चमेरामा थुप्र घातक भाइरस हुँदा हुँदै पनि त्यसले स्वयं चमेरालाई भने खासै नोक्सानी गर्न सक्दैन ।


सम्भवतः यसरी कुनै पनि इन्फ्लेमेसनलाई पचाउन सक्ने चमेराको क्षमताले भाइरसको विरुद्ध इम्युन सिस्टमले गर्ने प्रतिरोधको दौरानमा पैदा हुने इन्फ्लेमेसनलाई पनि सहजै पचाउन सक्छ । फेरि थुप्रै चमेराहरुको प्रतिरोधी प्रणालीमा इन्टरफेरेनो–अल्फा नामक अति चनाखो  सन्देशवाकह मोलेक्युल हुने गर्छ, जसले भाइरसले अतिक्रमण गर्नुपूर्व नै अन्य कोषहरुलाई ‘युद्धका लागि तयार हुन’ सूचना दिने गर्छ । यही कारण नै चमेरामा थुप्र घातक भाइरस हुँदा हुँदै पनि त्यसले स्वयं चमेरालाई भने खासै नोक्सानी गर्न सक्दैन ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बेर्केलेको एउटा अधययनले देखाएअनुसार, चमेराको अत्यन्तै बलियो रोग प्रतिरोधी क्षमताले भाइरसहरुलाई चाँचाँडो उत्पादन हुन उत्प्रेरित गर्छ । ती भाइरसहरुले औसत वा कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिस लगायतका स्तनधारीहरुलाई सजिलै स.क्रमित गर्छ र खतरनाक महामारीहरुलाई निम्त्याइदिन्छ ।

केही चमेराहरुमा भाइरसहरुका विरुद्ध अत्यन्तै बलियो रोग प्रतिरोधी क्षमता विकसित भएको पाइन्छ । त्यसमा मानिसलाई संक्रमित गराउने खतरनाक भाइरस बोक्ने चमेराहरु पनि पर्दछन् । यी चमेराहरुमा हुने भाइरस संक्रमणका विरुद्ध चमेराका प्रतिरक्षा प्रणालीले कोषबाहिर नै छेकिदिन्छ । यसले चमेरालाई त त्यो भाइरसबाट संक्रमित हुनबाट जोगाउँछ, तर त्यसले भाइरसलाई प्रतिरक्षा प्रणालीले छेक्नुभन्दा अगावै आश्रित कोषभित्रै तीब्र गतिमा पुनरुत्पत्ति हुन पनि उत्प्रेरित गर्ने गर्छ ।

यो विचित्रको स्थितिले चमेरालाई चाँचाँडो संख्या बृद्धि गर्ने र अत्यन्तै संक्रामक भाइरसहरुको संग्रहस्थलमा परिणत गरिदिन्छ । चमेरा आफैंले ती भाइरसहरुलाई सजिलै सहन र पचाउन सक्छ तर जब ती भाइरसहरु रोग प्रतिरोधी क्षमता तुलनात्मक रुपमा कमजोर रहेका अन्य प्राणी वा मानिसमा सर्छ, त्यसले नयाँ आक्षित प्राणीको कोषमाथि अतयधिक बृद्धि भएर आतंक मच्चयाउँछ, मृत्युदर बढाइदिन्छ ।

सामान्यतः चमेराले मानिसमा सोझै भाइरस सार्दैन !

रोचक कुरा के छ भने, सामान्यतः चमेराले मानिसमा सोझै भाइरस सार्दैन । चमेरामा पाइने भाइरस मानिसमा अरु कुनै प्राणीहरुमार्फत् चाहिँ सर्ने गरेको पाइन्छ । उदाहरणको लागि, सार्स रोग लगाउने कोरोनाभाइरस एशियाई पाम सिभेट ९० नाम गरेको जनावरबाट मानिसमा सरेको थियो । त्यसैगरी, मेर्स नाम गरेको कोरोनाभाइरसकै अर्को प्रजातिबाट लाग्ने रोग ऊँटबाट मासिनमा सरेको थियो । त्यसैगरी, इबोला गोरिल्ला र चिम्पान्जबिाट, निपाह सुँगुरबाट, हेन्ड्रा घोडाबाट र मारवर्ग अफ्रिकन हरियो बाँदरबाट सरेको थियो । अहिले विश्वव्यापि रुपमा कोभिड–१९ को महाव्याधि फैलाउने  सार्स–कोभ–२ भाइरस पनि सोझै चमेराबाट मानिसमा सरेको नभई पेन्गुलिन (सालक) हुँदै मानिसमा सरेको विश्वास गरिन्छ । जे होस्, ती भाइरसहरु चमेराबाट जनावर हुँदै मानिसमा सर्ने क्रममा झनै संक्रामक र घातक बनेको हुन्छ ।


रोचक कुरा के छ भने, सामान्यतः चमेराले मानिसमा सोझै भाइरस सार्दैन । चमेरामा पाइने भाइरस मानिसमा अरु कुनै प्राणीहरुमार्फत् चाहिँ सर्ने गरेको पाइन्छ । अहिले विश्वव्यापि रुपमा कोभिड–१९ को महाव्याधि फैलाउने  सार्स–कोभ–२ भाइरस पनि सोझै चमेराबाट मानिसमा सरेको नभई पेन्गुलिन (सालक) हुँदै मानिसमा सरेको विश्वास गरिन्छ । जे होस्, ती भाइरसहरु चमेराबाट जनावर हुँदै मानिसमा सर्ने क्रममा झनै संक्रामक र घातक बनेको हुन्छ ।


के चमेरा मानवका शत्रु नै हुन् त ?

धेरैलाई लाग्न सक्छ, यति खतरनाक भाइरसहरुको खानी चमेराको मानिसलाई के काम ! यसको उत्तर थाहा पाउन चमेराले मानवजातिमाथि लगाउने गुणहरुको बारेमा पनि थाहा पाउनु जरुरी हुन्छ । वास्तवमा, चमेराले मानवजातिका लागि अत्यन्तै हानिकारक मानिने कीरा फट्यांगहरु खाने गर्छन् । त्यसरी उसले प्रकृतिमा सन्तुलनको वातावरण कायम गर्ने भूमिका निर्वाह गरेको हुन्छ । चमेरा नहुँदो हो त संसारमा कीरा फट्यांग्राहरुको प्रकोप अकल्पनीय ढङ्गले बढेर जान्थ्यो । त्यसैगरी, चमेराले परागसेचनको काम पनि गरिरहेको हुन्छ । त्यसले गर्दा चमेराले थुप्रै अन्नबाली, फलफूल तथा बोटविरुवाहरु उम्रन, हुर्कन र फल्न–फुल्नमा पनि सहयोग गरिरहेको हून्छ ।

https://www.iucn.org/

चमेरा नहुँदो हो त संसारमा कीरा फट्यांग्राहरुको प्रकोप अकल्पनीय ढङ्गले बढेर जान्थ्यो । त्यसैगरी, चमेराले परागसेचनको काम पनि गरिरहेको हुन्छ । त्यसले गर्दा चमेराले थुप्रै अन्नबाली, फलफूल तथा बोटविरुवाहरु उम्रन, हुर्कन र फल्न–फुल्नमा पनि सहयोग गरिरहेको हून्छ ।


चमेराको अर्को उपयोगी पक्ष भनेका भाइरस तथा रोगप्रतिरोधी यसको क्षमता पनि हो । यसको अध्ययनबाट मानिसले विभिन्न घातक रोगहरुबाट कसरी बच्ने भन्ने कुरा पनि सिक्न सक्छौं ।

फेरि मानिसलाई सताउने भाइरसहरुको सबैभन्दा ठूलो स्रोत चमेरा हैन, मानिस आफैं हो । मानिस जातिले जीवजन्तुहरुको प्राकृतिक वासस्थानको अन्धधुन्ध विनाश गर्नु अहिले विभिन्न भाइरसहरुको महामारी फैलिनुका कारणहरुमध्येका प्रमुख कारण हो ।

चमेराले सोझै मानिसमा आएर भाइरस सार्ने होइन । वास्तवमा, चमेराको वासस्थानसम्म मानिसहरुको बस्ती बढ्दै जाँदा चमेराबाट यी भाइरसहरु मानिसमा सर्ने क्रम बढेको हो । उदाहरणको लागि, निपा भाइरसको संक्रमण फैलिनुको एउटा प्रमुख कारण पनि मलेशियामा चमेराको वासस्थान छेउछाउसम्म मानव बस्ती फैलिँदै जानु पनि हो भन्ने मानिन्छ । त्यसै गरी, अस्ट्रेलियामा हान्ड्रा भाइरसको संक्रमण देखापर्नुृको कारण पनि मानव वस्तीको अनियन्त्रित विस्तारले चमेराको वासस्थानलाई विथोल्नु पनि मानिएको छ ।

साइन्सडेली, न्यूयोर्क टाइम्स, हेल्थकेयर इन अमेरिका, साइन्सन्यूज

Title Photo: https://static01.nyt.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.