शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

बिहीबार, २२ भदौ २०७४, २१ : ५७
बिहीबार, २२ भदौ २०७४

काठमाडौं– दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । 

धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको प्रहरी इन्स्पेक्टरको कमाण्ड टोली घटनास्थलमा गएको धितालले जानकारी दिए ।

घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप