सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
शुक्रबार, ०४ जेठ २०८१, १६ : ४४
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्स बार एन्ड क्लबमा लुटपाट भएको छ । बिहीबार चार जना भारतीय नागरिकहरू सो डान्स बारमा लुटिएका हुन् ।
लुटमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सर्लाही घर भएकी २५ वर्षीय कविता योन्जन, लमजुङ घर भएका ३० वर्षीय प्रेमबहादुर गुरुङ, पाँचथर घर भएका २५ वर्षीय बीपन राई, काठमाडौँका सुजन महर्जन र बैतडी घर भएका १९ वर्षीय मनिष साउद छन् ।
आरोपीहरूले डान्स बारमा इन्जित सिंह सहितका भारतीयबाट १ लाख ६७ हजार लुटेका हुन् । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण