निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
काठमाडौँ । सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रियस्तरको आईभीएफ केन्द्र हालै सञ्चालनमा आएको छ । हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर नाम रहेको केन्द्रमा निःसन्तान, प्रसूति तथा स्त्रीरोग सम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको जनाइएको छ ।
हाल सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञका रूपमा डा. अर्चना शाक्य सहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत रहेका छन् । डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धी बिरामीको उपचारमा संलग्न छिन् भने डा. बानुले विगत ६वर्षदेखि इम्ब्रयोलोजिष्टको रूपमा सेवा दिँदै आएकी छन् ।
सेन्टरमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आई यु आई, आईभीएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको प्रमुख सञ्चालक कैलाश खड्काले जानकारी दिए ।
भ्रूण बनाउने ल्याब तथा मसिन रहेको केन्द्रले पुरुषको वीर्य जाँच देखि लिएर, भविष्यका लागि भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिज गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र वीर्य भण्डारण गर्न सक्ने ब्यबस्था समेत गरेको जनाएको छ ।
अफरको रूपमा केन्द्रले अषाढ मसान्तसम्मका लागि मात्र रु १ लाख ९९ हजारमा आईभीएफ साथै आई.यु.आई मात्र ८ हजार ५ सयमा गर्ने घोषण समेत गरेको छ । साथै ल्याब टेष्ट तथा वीर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको गरिएको खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण