शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओली प्रचण्ड बालुवाटारमा २ घण्टा वार्ता

बिहीबार, ११ असार २०७७, १४ : ५३
बिहीबार, ११ असार २०७७

काठमाडौं । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड पौने एक बजे बालुवाटार पुगेको र अहिलेसम्म पनि दुई नेताबीचको वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । 

ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ । 

बुधबार सुरु भएको स्थायी समिति बैठकमा ओलीले पार्टी नेताहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरेका थिए भने प्रचण्डले प्रधानमन्त्री एक्लै हिँड्न खोजेको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप