शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा पनि पिसिआर विधिबाट कोरोना  परीक्षण थालियो

सोमबार, १५ असार २०७७, १२ : ४५
सोमबार, १५ असार २०७७

दैलेखमा सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन  गरिएको हो । 
भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन्।  आजदेखि नियमित रुपमा  पिसिआरबाट कोरोना  परीक्षण गरिने स्वास्थ्य सेवा  कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप