केन्द्रीय संस्करण
प्राकृतिक प्रकोप

विकास निर्माणका संरचनाले पानीको प्राकृतिक वहावलाई गरिदिएको परिवर्तन पहिचान गरेर सच्याइनुपर्छ

वर्षात‍्को चरित्रमा आएको परिवर्तनले पुराना ठाउँका वस्तीहरुलाई पनि नोक्सान गरेको देखिन्छ : मधुकर उपाध्या, जलाधार विद्

person explore access_timeअसार २७, २०७७ chat_bubble_outline0

बाढी पहिरो हरेक वर्ष घटित हुने नितान्त प्राकृतिक घटना हुन्, जसलाई निषेध गर्न सम्भव छैन । मानिसले गर्न सक्ने भनेको त्यसले गर्ने वा गर्न सक्ने सम्भावित क्षतिको न्यूनीकरण नै हो । तर यस पाटोमा राज्य तथा जनस्तरमा खासै ध्यान जानसकेको पाइँदैन । बाढी पहिरोको प्रकोपलाई न्यूनीकरण गर्न तथा त्यसले गर्न सक्ने धनजनको क्षतिबाट कसरी बच्न सकिन्छ भन्ने सन्दर्भमा चालिनुपर्ने कदम तथा गर्नैपर्ने कामका बारेमा लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएका विज्ञको नाम हो मधुकर उपाध्या । अहिले बाढी पहिरोको मौसम शुरु भएको र त्यसले धनजनको ठूलो क्षति गर्न थालेको पृष्ठभूमिमा जलाधारविद् उपाध्यासँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको सम्वाद प्रस्तुत छ :

वर्षेनी बाढी पहिराले धनजनको ठूलो क्षति गर्ने गर्छ । यो क्रम हरेक वर्ष दोहोरिने गर्छ । यसका कारण के होलान्?

हामी मनसुनको प्रभाव भएको पहाडी भूभागमा बस्छौं । वर्षाको तीन महिना प्रशस्त पानी पर्छ । असार र साउन बढी पानी पर्ने मुख्य समय हो । पानीको प्रभावले पहाडी भूभागमा माटोहरु गल्न थाल्छन् । तीब्र पानी परेको ठाउँमा पहिरो जाने सम्भावना हुन्छ भने तल्लो तटीय क्षेत्रहरुमा बाढी आउने गर्छ । यो प्राकृतिक प्रक्रिया नै भएकोले यसमा छक्क पर्नु पर्दैन ।

तर धनजनको क्षति हुन थालेपछि भने हामीलाई चिन्ता लाग्नु स्वभाविकै हो । घर पुर्ने, खेती बगाउने, मान्छेको ज्यान लिने, श्रीसम्पत्तिको नोक्सान गर्ने, पूर्वाधारका संरचनाहरु सडक सिंचाई, विद्युत, खानेपानी आदिमा भौतिक क्षति गर्न थालेपछि हाम्रो चिन्ता र चासो झनै बढछ ।


हरेक वर्ष वाढी पहिरो आउँछ भन्ने जान्दाजान्दै पनि हामीले बसोबासका ठाउँमा,संरचनाहरु बनाउँदा तथा जलवायु परिवर्तनले ल्याएका वर्षाका प्याटर्नहरुका बारेमा अनुमान गर्न नसक्दा हामीले बढी क्षति व्यहोर्नु परिरहेको हो र यस्ता क्षति आगामी बर्षहरुमा अझ बढन सक्ने भएकोले जलवायु परिवर्तनको विषयले हाम्रो चिन्ता थप बढाएको छ ।


हरेक वर्ष वाढी पहिरो आउँछ भन्ने जान्दाजान्दै पनि हामीले बसोबासका ठाउँमा, संरचनाहरु बनाउँदा तथा जलवायु परिवर्तनले ल्याएका वर्षाका प्याटर्नहरुका बारेमा अनुमान गर्न नसक्दा हामीले बढी क्षति व्यहोर्नु परिरहेको हो र यस्ता क्षति आगामी बर्षहरुमा अझ बढन सक्ने भएकोले जलवायु परिवर्तनको विषयले हाम्रो चिन्ता थप बढाएको छ ।

वाढी पहिरो आउनु प्राकृतिक घटना हो । यसलाई पन्छाउन मिल्दैन वा सकिँदैन । तर त्यसले गर्ने क्षतिलाई बढाउने कुरामा मानिस स्वयंले गर्ने के कस्ता कर्म एवं गतिविधिहरु चाहिँ कत्तिको जिम्मेवार छन् भन्ने तपाईं लाग्छ?

वर्षात् सकिएपछि हामी विकास निर्माण वा संरचनाहरु निर्माणका काममा लाग्ने गर्छौं । ती कार्यहरु गर्दा अन्ततः हामीले चलाउने भनेको जमीन नै हो । त्यसक्रममा वर्षे भलपानी बग्ने बाटाहरु परिवर्तन हुने गर्छन् । अर्थात् पानीको पहिलेदेखिको प्राकृतिक बहावको बाटा र श्रृङ्खलाहरुलाई भंग गर्ने, परिवर्तन गर्ने काम गरिन्छ, जसमा हाम्रो ध्यान पटक्कै जादैन ।


उपत्यकाकाकै उदाहरण दिऔं । यहाँका खोलाहरु घना बस्ती विकास हुनु अघि छरिएर बग्ने गर्थे । तर बस्ती विकाससंगै सबै जसो खोलामा पर्खाल लगाएर खोलाको घर साँघुरो बनाइएको छ । पानीका निकासहरुलाई साँघुरो बनाइएका छन् । फलतः वर्षातमा पानीको मात्रा बढ्दा ती खोलाहरुले वितण्डा सिर्जना गर्ने गर्छन् । त्यसको परिणाम हामीले बल्खुमा बाढी आउदा देख्यौं । जमीनमाथिको हाम्रो कतिपय हस्तक्षेपहरु प्राकृतिक प्रकृयाको विरुद्धमा जाने गर्छन् । तर वर्षा हुँदा प्रकृतिले आफ्नो बाटो खोजेर आउने गर्छ । फलतः त्यसले नोक्सानी निम्त्याउने गर्छ ।


जमीनमाथिको हाम्रो कतिपय हस्तक्षेपहरु प्राकृतिक प्रकृयाको विरुद्धमा जाने गर्छन् । तर वर्षा हुँदा प्रकृतिले आफ्नो बाटो खोजेर आउने गर्छ । फलतः त्यसले नोक्सानी निम्त्याउने गर्छ ।


अरु बेला तपाईंले जमीनमाथि गर्ने कामहरु, भौतिक निर्माणदेखि खेतीपातीसम्मका कुराहरुमा पनि पानी आउने निकासका ठाउँहरुलाई अवरुद्ध गरिएका छैनन्, खुला छाडिएका छन् भने खासै फरक पर्दैन ।

तर यतिभन्दा भन्दै पनि वर्षामा आउने बढी पानीले केही न केही नोक्सान त अवश्य गर्छ । भूक्षय हुने, बाढी पहिरो आउनु हाम्रो हिमालय क्षेत्रको प्राकृतिक प्रकृया नै हो ।

त्यही प्रकृयामार्फत् पहाडी क्षेत्रबाट बगेर गएको माटोबाट गगाका मैदान तथा तराईका मलिला फाँटहरु बनेका हुन् । यो हिमालयको निर्माण भए देखि निरन्तर रुपमा चल्दै आएको प्रकृया हो, निरन्तर चलिरहने छ ।


भूक्षयबाढी पहिरोलाई रोक्न सकिन्न र रोक्न खोज्नु पनि हुन्न । तर त्यसले गर्ने नोक्सानलाई चाहिँ हामी घटाउन सक्छौं । त्यसका लागि वर्खाबाहेकका समयमा जमीनको ढाँचामा फेरबदल हुने गरी गरिने कृयाकलाप गर्दा वर्खा मौसम पनि आउँछ है भन्नेतर्फ सोचेर गर्यौं भने नोक्सानलाई कम गर्न सकिन्छ ।


यस अर्थबाट भूक्षय–बाढी पहिरोलाई रोक्न सकिन्न र रोक्न खोज्नु पनि हुन्न । तर त्यसले गर्ने नोक्सानलाई चाहिँ हामी घटाउन सक्छौं । त्यसका लागि वर्खाबाहेकका समयमा जमीनको ढाँचामा फेरबदल हुने गरी गरिने कृयाकलाप गर्दा वर्खा मौसम पनि आउँछ है भन्नेतर्फ सोचेर गर्यौं भने नोक्सानलाई कम गर्न सकिन्छ ।

बाढी पहिरोले बस्तीका बस्ती बगाउने तथा पुरिने घटना वर्षेनी दोहोरिने गर्छन् । के हाम्रो बस्ती वसाइको प्रक्रिया वैज्ञानिक ढंगले नसोचिएको हो वा सम्भावित जोखिमका पक्षहरुलाई मूल्यांकन गर्ने तथा प्रतिरक्षाका उपायहरु अपनाउने सन्दर्भमा कमी कमजोरी भएको हो?के लाग्छ तपाईंलाई?

त्यसमा दुईटै कुरा छ । पहिलो त हामीले खाली ठाउँ पाउनेबित्तिकै बस्ती बसाउने काम गर्यौं । जस्तो, केही वर्षपहिले भक्तपुरमा हमुन्ते खोलाले बस्ती नै डुबायो । त्यो भनेको हामीले बाढी आउने क्षेत्रमै बस्ती बसाल्यौं । त्यसैले बस्ती बसाल्दा सम्भावित जोखिमको मूल्यांकन तथा तत्सम्बन्धी सूचनाहरु लिएर मात्रै काम गरियो भने सही हुन्छ । यो कुरा नयाँ वस्तीहरुको सन्दर्भमा लागू हुन्छ ।

तर ध्यानयोग्य कुरा के छ भने बाढी पहिरोले पुराना बस्तीहरु पनि पुर्ने, बगाउने गरेका छन् । बाढी पहिरोको खासै असर हुन नसक्ने ठानिएका कैंयौं वर्ष पुराना बस्तीहरुमा पनि क्षति पुगेका छन् । यस अर्थमा पुराना, कैंयौं वर्षदेखि बाढी पहिरो नआएका क्षेत्रमा पनि त्यस्ता बाढी पहिरो किन आयो त भन्ने नयाँ कुरा थपिएको छ ।


अबको वर्षाको चरित्रमा परिवर्तन आएको छ । त्यो भनेको एकै ठाउँमा थुप्रिएर थुप्रो पानी आउन थालेको  छ । एकछिन आउने,तर थुप्रो पानी एकै ठाउँमा खनिएर आउने भएको छ । वर्षात्को चरित्रमा आएको यो परिवर्तनले पुराना ठाउँका वस्तीहरुलाई पनि नोक्सान गरेको देखिन्छ ।


खासमा, अबको वर्षाको चरित्रमा परिवर्तन आएको छ । त्यो भनेको एकै ठाउँमा थुप्रिएर थुप्रो पानी आउन थालेको  छ । एकछिन आउने, तर थुप्रो पानी एकै ठाउँमा खनिएर आउने भएको छ । वर्षात‍्को चरित्रमा आएको यो परिवर्तनले पुराना ठाउँका वस्तीहरुलाई पनि नोक्सान गरेको देखिन्छ । त्यस्तै चुरे भावरमा भएको बढदो भू क्षयले त्यसक्षेत्रबाट बग्ने खोलाको पिँध माथि उठेका ठाँउमा पनि पहिले सुरक्षित ठानिएका स्थानमा बाढी र डुबान हुन थालेको छ ।

पछिल्लो समयमा संसारभरि नै वर्षाकोप्याटर्नमा परिवर्तन आएको छ । लगातार लामो समय सम्म पानी पर्नुको सट्टा मुसलधारे पानी पर्ने र छोटो समयमै रोकिने जस्ता घटनाहरु बढेका छन् । यसले ल्याउने असरहरु के हुन सक्छन् र त्यससँग जुघ्ने तयारी के गरिनुपर्छ?

यसको तयारी एकैछिनमा तुरुन्तै हुने होइन । अहिले जल तथा मौसम विज्ञान विभागले जुन किसिमका सूचनाहरु संकलन गरेर मौसम पूर्वानुमान गर्दछ, त्यो सह्राहनीय छ । कम्तिमा यसले बाढीको पूर्वानुमान गरेर सतर्क गराउन र बाढी पुर्वनै सुरक्षाका उपाय अपनाउन मद्दत पुगेको छ । यसलाई अझ परिमार्जन गरेर सटीक रुपमा ठाउँ नै तोक्ने गरी वर्षाको पुर्व सूचना दिने तिर अघि बढ्नु जरुरी छ । त्यस्ता सूचनालाई अझ विशिष्टीकृत गर्ने र यो ठाउँमा बढी पानी पर्छ है भनेर जानकारी दिनसक्ने ढंगले विकसित गरिनुपर्छ ।

अहिले तल्लो क्षेत्रमा बाढीको पूर्वानुमान र सूचना तुरुन्तै गरिन थालिएकोले ज्यानमालको क्षति कम गर्न, धनजनको क्षतिबाट जोगाउन सहयोग पुगेको छ, त्यो राम्रो काम हो । तर यो कुरा पहिरोमा लागू हुँदैन । किनभने पहिरोका लागि त्यसरी पूर्वानुमान गर्ने क्षमता विकास भइसकेको छैन । वर्षा धेरै हुने अवस्थामा पहिरो जान सक्छ भन्ने अनुमान मात्रै गर्ने हो । त्यसमा पनि पहिरो अचानक जस्तै आउने हुँदा सुरक्षाको तयारी गर्ने समय नै हुँदैन ।

बाढी पहिरोको सन्दर्भमा हिजोको हाम्रो समस्या उद्धार र राहत राम्रो भएन भन्ने हुन्थ्यो । त्यसका लागि अब ऐन आएको, प्राधिकरण बनेको र संरचनाहरु समेत तयार रहेको अवस्था छ । तर उद्धार र राहत घटना घटिसकेपछि गरिने कुरा भए । घटना घटेपछि तुरुन्तै जान सकिने त भयो । तर घटना हुनुभन्दा पूर्व नै के गर्न सकिन्छ भन्नेमा अझै जान सकिएको छैन ।


अहिले वैदेशिक रोजगारमा युवाशक्ति जाँदा गाउँघरतिर धेरै पाखा जमीनहरु बाँझो छन् । जमीन बाँझो हुने र गाईबस्तुको चरिचरन कम भएका ठाउँमा बर्षाको बेला भल एकत्रित भएको अवस्थामा सोहोरिएर आउन सक्ने थुप्रै माटो खुकुलो भएर रहेको हुन्छ ।


अहिले वैदेशिक रोजगारमा युवाशक्ति जाँदा गाउँघरतिर धेरै पाखा जमीनहरु बाँझो छन् । जमीन बाँझो हुने र गाईबस्तुको चरिचरन कम भएका ठाउँमा बर्षाको बेला भल एकत्रित भएको अवस्थामा सोहोरिएर आउन सक्ने थुप्रै माटो खुकुलो भएर रहेको हुन्छ । अर्थात् वर्षात्मा सजिलै बगेर आउने माटोहरु जम्मा भएर बसेका छन् । वर्षाको पानीले गल्नेबित्तिकै त्यो स्वात्तै बगेर आउने सम्भावना रहिरहन्छ ।

हिजो मानिसले खेतीपाती गर्दा गह्रा मिलाउँथे, पानीको निकास कटाउँथे । तर अहिले बाझोमा पर्ने बर्षे पानीको भल मनलाग्दी हिसाबले बगेको छ । 

यहाँ मैले एउटा कुरा जोड्न चाहें । तपाईंले पटक पटक  बाढी पहिरो जस्ता विपद व्यवस्थापनको लागि जलाधार क्षेत्र व्यवस्थापनको कुरा उठाउने गर्नु भएको थियो । त्यो दिशामा कत्तिको काम भए जस्तो लाग्छ?

म त्यसैमा आउँदैछु । स्थानीय तहमा भएका जमीन, जंगल, बस्ती, खेतीपाती, पानी जेजेछन्, त्यसमा वर्षाको बेला पानी पर्दा त्यसले ल्याउन सक्ने दुस्परिणामहरुका बारेको जानकारी स्थानीय तहमा मात्रै थाहा हुन्छ । यसका लागि नेपालभरिका कुरा गर्न आवश्यक नै छैन । नेपालभरि ६ हजार नदीनालका कुरा गर्छौं । सुक्ष्ममा गयौं भने त्योभन्दा बढी छ । मुलुकभरि हामी दशौं हजार जलाधार क्षेत्रभित्र बसिरहेका छौं । हरेक जलाधार क्षेत्रभित्रको विवरण राष्ट्रिय स्तरमा चाहिँदा पनि चाहिँदैन, स्थानीय प्रदेशमा पनि चाहिँदैन । त्यो भनेको जलाधार क्षेत्रको पनि स्थानीय निकायको वडामा मात्र भए पनि पुग्छ । ती साना साना जलाधार क्षेत्र भित्र हुने बर्षा र त्यसले श्रृजान गर्ने भलबारे जानकारी लिएर कार्ययोजनाहरु बनाउन शुरु गरे हुन्छ । बुझ्नु पर्ने कुरा के हो भने स्थानीय तहमा जमीनको स्वरुप, पानीको मार्गमा आएका परिवर्तनहरु के छन्, के भएका छन्, के हुन सक्छन् र त्यसको भोलिको परिणाम के हुन सक्छ, त्यसलाई हाम्रो क्रियाकलापले के फरक पार्छ भन्ने जस्ता कुराहरु आँकलन गरिनु जरुरी भइसकेको छ । यो स्थानीय तहले मात्र गर्न सक्छ । अझ स्पष्ट भाषामा भन्दा, हामीले सडक खोल्दा पानी कहाँ पठायौं, खेतीपाती गर्दा कहाँ पानी रोकिएका छन्? घर वा संरचनाहरु बनाउँदा त्यसले पानी कता कटाएको छ ? सानो पहिरो गएको छ भने त्यसले भल कता तेर्सिएको छ ? जस्ता कुराहरुको सही आँकलन र विश्लेषण गर्नुपर्छ । मुख्य कुरो वर्षे भल छरिएर बग्न पाउनु पर्छ, एक ठाँउमा सोहोरिएर हैन ।


स्थानीय तहमा जमीनको स्वरुप,पानीको मार्गमा आएका परिवर्तनहरु के छन्,के भएका छन्,के हुन सक्छन् र त्यसको भोलिको परिणाम के हुन सक्छ,त्यसलाई हाम्रो क्रियाकलापले के फरक पार्छ भन्ने जस्ता कुराहरु आँकलन गरिनु जरुरी भइसकेको छ ।


उदाहरणको लागि, सिन्धुपाल्चोकका घटनाहरु हेर्दा ठ्याक्कै गल्छीको छेउ घरहरु देखिन्छ । पहिरोले घरको जगै उखालेर लगेका छन् । खोलामा रिटेनिङ्गवाल हालेर घरहरु ठड्याइएका छन् । यस्ता कुराहरुमा अहिलेका संरचनाले जोगाइहाल्छ नि भन्नेकुरामा जानु भएन ।

किनभने हरेक वर्षामा पानी आउने एउटा कुरा हो । तर प्रत्येक १०–१५ वा २५–३० वर्षमा दोहोरिने वर्षा ठूलो हुन्छ । वैज्ञानिक भाषामा भन्दा १० वर्षमा पानी आउँदा साविक भन्दा बढी पानी आउछ, २५ वर्षमा आउने पानी आउँदा त्यो भन्दा ठूलो आउँछ । यसको अर्थ त्यस्तो पानी २५ वर्षपछि आउँछ भन्ने हैन। २५ बर्षे बराबरको पानी भन्ने हो, जुन कुनै पनि वर्ष आउन सक्छ । त्यस्तो पानी आएको बेला सामान्य वर्षा थेग्ने हिसाबले बनाइएको रिटेनिङ वालहरुले त कामै दिँदैन । औसत वर्षको बर्षाले क्षति गरेन भन्दैमा १०, या २५ या त्यो भन्दा पनि लामो अन्तरालको बराबरको ठूलो पानी कुनै पनि बर्ष आउन सक्ने वास्तविकतालाई वेवास्ता गर्नु उचित हुन्न । १५ वर्षसम्म क्षति नभए पनि २५ वर्षे बराबरको ठूलो पानीलाई त रोक्न नसक्ला नि ! स्थानीय तहमा काम गर्दा यी कुराहरुको विशेष ख्याल गर्नुपर्छ ।

हो,जस्तो,काठमाडौंतिरै हेरियो भने पनि आफ्नै गतिमा कुद्नुपर्ने नदीलाई पनि उसको खेल्ने ठाउँहरु मिचिदिएर,पर्खाल लगाएर साँघुरो पारिएका छन् । यसले त झनै खतरालाई निम्त्याएको छ नि हैन र?

तपाईंले राम्रो शब्द प्रयोग गर्नुभयो– पानीलाई “खेल्ने ठाउँ” चाहिन्छ, त्यो पाएन । त्यो खेल्ने ठाउँमा तपाईं आएर बसिदिएपछि स्वभाविक रुपमा उसले भत्काएर भए पनि खेल्न खोज्छ । ठोस कुरा यही हो ।


पानीलाईखेल्ने ठाउँचाहिन्छ,त्यो पाएन । त्यो खेल्ने ठाउँमा तपाईं आएर बसिदिएपछि स्वभाविक रुपमा उसले भत्काएर भए पनि खेल्न खोज्छ । ठोस कुरा यही हो ।


त्यसबाहेक, अघि मैले भने– बाझो जमीनको व्यवस्थापनको कुरा । हिजो मानिसहरुले आफ्नै ढंगले खेतीपाती गरिरहेका र त्यही कारण माटो अड्याउने तथा पानीको निकास गराउने कुरा चलिरहेकोमा अहिले त्यो पनि कम भएको छ । वर्षाको बेला सोहोरिएर आउने भलले भेटेपछि त्यस्ता क्षेत्रबाट माटोको ढिस्को  एकपछि अर्को गरी भत्कने प्रक्रिया शुरु हुने र तल आएर त्यसले बाढी पहिरोको रुपमा ठूलो मात्रामा विनाश गरिदिन्छ ।

बाढी पहिरोको प्रकोपलाई न्यूनीकरण गर्न,विशेष गरी,धनजनको क्षतिको सनदर्भमा  राज्य र जनस्तरमा तत्कालै गरिनुपर्ने कामहरुका बारेमा तपाईंको सुझाव के छ?

दुईटा छ । पहिलो, स्थानीय तहमा भएका संरचनागत निर्माणहरुले  पानीको वहावका मार्गहरुलाई कसरी परिवर्तन गरिरहेको छ ? त्यो बारेमा तुरन्तै आँकलन र अध्ययन गरिनुपर्छ । हामीले विकासको नाममा, प्रगति गर्ने कुरामा उपलब्धिको तुलनामा नोक्सान बढी भइरहेको देखिन्छ ।


स्थानीय तहमा भएका संरचनागत निर्माणहरुले  पानीको वहावका मार्गहरुलाई कसरी परिवर्तन गरिरहेको छ?त्यो बारेमा तुरन्तै आँकलन र अध्ययन गरिनुपर्छ ।


उदाहरणको लागि, १ करोड आम्दानी गराउनु पर्यो भने निक्कै समय र मिहिनेत गरेर फलफूल, धानखेती, तरकारी खेती, पशुपालन वा पर्यटन जस्ता अन्य व्यवसाय गर्नुपर्ला र त्यसको लागि समय लाग्छ । तर बाढीपहिरोले १ करोड बराबरको क्षति त मिनेटभरमै गरिदिन सक्छ । त्यो क्षतिको आयातनलाई ख्याल गरेर अब स्थानीय सरकारले यी क्षतिहरु हाम्रा सबै ठाउँमा हुन सक्छन्, कम वेशी मात्र होलान्, त्यो कुरालाई ख्याल गरेर बाढी पहिरोको सम्भावनालाई पनि आफ्नो विकास कार्यक्रमको अभिन्न अंग बनाएर अघि बढ्नु जरुरी छ ।

अघि खेतीको कुरा उठाउनु भयो । कस्तो खालको भूमिमा कस्तो खालको खेती गरिनुपर्छ ताकि त्यसले माटो बगाउने प्रक्रियालाई रोक्न सकोस् भन्नेबारे केही अध्ययन गरिनु जरुरी छ?

त्यो छैन किनभने त्यसका लागि हाम्रा स्थानीय ज्ञानमा आधारित खेतीहरु नै ज्यादै प्रभावकारी छन् । माथि पाखामा कोदो मकै लगाउने, तल बेसीमा धान लगाउने जस्ता परम्परागत ज्ञानले नै हामीलाई मद्दत गर्छ । खासगरी माटोको बगाइलाई रोक्न तथा पानीको निकासलाई सही ढंगले व्यवस्थापन गर्न हाम्रा परम्परागत ज्ञान नै मनग्गे प्रभावकारी छ । त्यसमाथि थप, अहिले फलफूलको खेतीपाती गर्ने, बोटविरुवा लगाउने झनै प्रवल भएर आएको छ, त्यसले पनि जमीनमा माटोलाई राम्ररी अड्याउने काममा सहयोग नै गर्छ ।


अहिले नयाँ निर्माण गरिएका विकास निर्माणका संरचनाहरु र त्यसमा पनि खास भन्ने हो भने जता ततै खनिएका सडकले पानीको प्राकृतिक वहावलाई कहाँ के कति परिवर्तन गरिदिएको छ?त्यसलाई पहिचान गरेर सच्याइहाल्नुपर्छ । त्यो अहिलेका लागि मात्रै हैन,आगामी दशकौंसम्म,पुस्तौंसम्मका लागि उपयोगी हुन्छ ।


ख्याल गर्नैपर्ने कुरा के हो भने माटो त्यतिकै बग्नबाट जोगिने होइन । अब थुप्रै पानी एकैचोटी आउने, जोडले आउने र एकचोटी माटो भत्किएपछि त्यसले अरु सोहोरेर लैजाने प्रक्रिया अलि घनीभूत भएर जान थालेको छ । त्यसले गर्दा अहिले नयाँ निर्माण गरिएका विकास निर्माणका संरचनाहरु र त्यसमा पनि खास भन्ने हो भने जता ततै खनिएका सडकले पानीको प्राकृतिक वहावलाई कहाँ के कति परिवर्तन गरिदिएको छ ? त्यसलाई पहिचान गरेर सच्याइहाल्नुपर्छ । त्यो अहिलेका लागि मात्रै हैन, आगामी दशकौंसम्म, पुस्तौंसम्मका लागि उपयोगी हुन्छ । यसको अर्थ, सडक, खानेपानीलगायत विकास निर्माणका कुराहरु गरिँदा बाढी पहिरोको कुरालाई पनि केन्द्रमा राखिनु जरुरी छ, भलै त्यो तत्कालै आइनहाल्ला । कदाचित त्यो स्थिति पैदा भइहाल्यो भने त्यसले विकास निर्माणका संरचनाहरुलाई सोहोरेर लान सक्छ भनेर सोचिनैपर्छ । समस्या आएपछि त्यसको अल्पकालीन निदान खोज्नेतिर सोच्नुको साटो विकास निर्माणका संरचनाहरुले बाढी पहिरोको सम्भावनालाई नै आउन नदिने वा न्यून गर्ने कुरालाई केन्द्रबिन्दूमा राखिनैपर्छ । अझ विकासे भाषामा भन्ने हो भने विकास निर्माणका कुरालाई अघि बढाउँदा बाढी पहिरोको कुरालाई विकास निर्माणमा  मूलप्रवाहीकरण गरिनुपर्यो ।

यस समग्र प्रक्रियामा जलवायु परिवर्तनले पार्ने असरलाई कसरी हेरिनुपर्छ?

जलवायु परिवर्तनका असर हुन शुरु भइसकेको छ र त्यो तीब्र गतिमा हुँदै जाने कुरामा शंकै छैन । अहिले आएको जलवायु परिवर्तन भनेको हामीले १०–१५–२० वर्षदेखि अनुभव गर्दै आएको कुरा हो । त्यो कम वा तीब्र भयो होला । पोहोरको वर्षा झण्डै एक महिना ढिला शुरु भएको थियो, यसपालि एक महिना छिटो आयो । पोहर वर्षा कै बेला पाँचथर तेह्रथुममा खडेरी पर्‍यो, यो अनौठो घटना हो । ख्याल गर्नैपर्ने कुरा के हो भने जलवायु परिवर्तनको असरको गहनता र व्यापकता बढ्दै गएको छ । जलवायु परिवर्तले ल्याउने दुष्परिणामहरुलाई हामीले सम्बोधन गर्ने पाटोको शुरुवात गर्ने बेला अहिले नै हो । त्यो तर्फ हामीले सोच्यौं र कार्य थाल्यौं भने जलवायु परिवर्तनले ल्याउन सक्ने असर र प्रभावहरुलाई हामी धेरै हदसम्म थेग्न सक्छौं । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.