केन्द्रीय संस्करण

बफेटलाई उछिन्दै मस्क बने विश्वकै सातौँ धनी

person explore access_timeअसार २८, २०७७ chat_bubble_outline0

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले वारेन बफेटलाई उछिन्दै विश्वकै सातौँ धनी व्यक्ति बनेको बुल्मबर्ग बिलियनेयर इन्डेक्सले जनाएके छ ।

विद्युतीय कार निर्माता कम्पनीको सेयरमा १०.८ प्रतिशतले वृद्धि भएसँगै शुक्रबार मस्कको सम्पत्तिमा ६.०७ अर्ब डलरले वृद्धि भएको थियो । बर्कसायर हाथावेमा रहेको २.९ करोड डलर बराबरको सेयर दान गरेपछि बफेटको कूल सम्पत्तिमा ह्रास आएको थियो ।

उता, मोडल ३ सेडानको बिक्री बढेपछि पछिल्लो एक वर्षमा टेस्लाको सेयर ५ सय प्रतिशतले बढेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.