‘दानराज’को शुभमुहूर्त
काठमाडौं – फिल्म ‘दानराज’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थितिमा शुभमुहूर्त गरिएको हो ।
शंकर अधिकारी घायलको निर्देशन रहने फिल्म डिएस डिजिटल सिनेमाको ब्यानरमा निर्माण हुन लागेको हो ।
निर्देशक अधिकारीकै प्रस्तुति रहेको फिल्ममा शत्रुघन अन्सारी तथा कल्याण रत्न कार्की निर्माता रहेका छन्, भने चेतन घिमिरे र सावर अधिकारी सह निर्माताको रुपमा रहेका छन् ।
दानराज चौलागाईं, सुनिता दाहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, रबिनश्री, गंगा कुँवर, रबि खड्का, सागर गुरु चौलागाईं, तृष्णा खड्का, रमेश डिसी, शत्रुघन अन्सारी, कल्याण रत्न कार्की, मुना कुँवर राणा लगायतको फिल्ममा अभिनय रहनेछ ।
फिल्ममा सफलता चौलागाईं तथा स्वस्तिक चौलागाईं बालकलाकरको रुपमा प्रस्तुत हुनेछन् ।
कृष्ण पाण्डेको छायाँंकन, देव महर्जनको द्वन्द निर्देशन रहने फिल्म विश्वास भण्डारीले यसलाई सम्पादन गर्नेछन् ।
कोरोनाको कहरका कारण सरकारले फिल्म खोल्न बाकी रहे पनि फिल्मी गतिबिधि भने बिस्तारै हुन थालेका छन् । लकडाउन पछि फिल्मको औपचारीक कार्यक्रम आयोजना भएको यो पहिलो हो ।