फेरिएको परिवेश, फेरिएको गाईजात्रा (तस्विरमा हेर्नुहोस्)
आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा पर्व हरेक भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा मनाइन्छ । विशेषगरी, काठमाडौँ उपत्यकाका नेवार समुदायमा प्रचतिल यो पर्व देशका अन्य जिल्लाहरुमा समेत नेवार समुदायको बसोबास भएकाले जात्रा मनाउने चलन बढ्दै गएको छ ।
गाईजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । उनले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ ।
जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने प्रचलन रहीआएको छ ।
भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आजदेखि आठ दिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ ।
यो वर्ष भने गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन आग्रह गरिएको छ । कोरोनाभाइरसको संक्रमण फैलँदै गएकाले जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न अनुरोध गरेको छ ।
तस्विरहरुः कृष्ण खड्का, सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज