शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकामा भाइले दाजुलाई खुवाए प्रधानमन्त्रीको सपथ

आइतबार, २५ साउन २०७७, १४ : ५९
आइतबार, २५ साउन २०७७

श्रीलंका पिपुल्स पार्टीका (एसएलपीपी) का ७५ वर्षीय नेता महिन्दा राजपाक्षेले आइतबार चौथोपटक देशको प्रधानमन्त्रीको सपथ लिएका छन् ।  उत्तरी कोलम्बोको केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित सपथ ग्रहण कार्यक्रममा महिदाका भाइ गोटाभाया राजपक्षे (जो श्रीलंकाका राष्ट्रपति हुन् ) ले उनलाई सपथ खुवाएका हुन् ।  

सपथपछि दाजुुभाइले राजमहा विहारमा प्रार्थना गरे । यस कार्यक्रमलाई राष्ट्रपति गोटभायाको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो । सपथ समारोहमा पुरै राजपाक्षे परिवार विहारमा उपस्थित थियो । 
पछिल्ला दुई दशकदेखि राजपाक्षे परिवारको श्रीलंकाली राजनीतिमा राम्रो पकड छ । राजनीतिक विश्लेषकहरुले अब श्रीलंकाको राजनीतिमा उनीहरुको पकड थप बलियो हुने अनुमान लगाएका छन् । 
महिन्दा राजपाक्षेको पार्टीले नेतृत्व गरेको गठबन्धनले आम चुनावमा दुुई–तिहाई बहुमत ल्याएको थियो । महिन्दाका छोरा नमल राजपाक्षेले पनि आम चुनावमा हम्बनटोटबाट जीत हासिल गरेका छन् । उनी राजपाक्षे परिवारका उत्तराधिकारी मानिन्छन् । 

श्रीलंकामा ६८ लाख मतदाताले भोट खसाले, जो कुल मतदाताको ५९ दशमलव ९ प्रतिशत हो । 

सत्तामा राजपाक्षे परिवारको पकड बलियो बनाउनेदेखि संविधान संशोधन गर्नका लागि दुुई–तिहाई बहुमत महत्वपूर्ण साबित हुने विश्लेषकहरुको अनुमान छ । स्थानीय मिडियाका अनुसार श्रीलंकामा नयाँ सोमबार नयाँ मन्त्रिमण्डलका सदस्यहरुको सपथग्रहण कार्यक्रम हुनेछ । यसपछि राज्यमन्त्री एवंम् उपमन्त्रहिरुले सपथ ग्रहण गर्नेछन् । नवनिर्वाचित सरकारले मन्त्रीहरुको संख्या २६ मा सिमित राख्ने निर्णय लिएको छ । यद्यपी १९ औं संविधान संशोधनको प्रावधानअनुसार यसलाई बढाएर ३० पुु¥याउन सकिन्छ ।

कहिले चीन कहिले भारत 
महिन्दा राजपाक्षे २००५ देखि २०१५ सम्म झन्डै एक दशकसम्म राष्ट्रपति बनिसकेका थिए । महिन्दा र उनका भाइ गोटाभाया कुनै समय चीन निकट मानिन्थे, यो पनि भनिन्छ कि पश्चिमा देशसँग उनीहरुको सम्बन्ध राम्रो छैन । 
यद्यपी, राजनीतिक विश्लेषकहरुका अनुसार श्रीलंकाको विदेश नीतिमा लगातार परिवर्तन देखिँदै आएको छ र अहिले श्रीलंकाले भारतसँग राम्रो सम्बन्ध बनाउने कोसिस गरिरहेको छ । महिन्दा बहुुसंख्यक सिंहली जनताबीच लामो समयदेखि लोकप्रिय रहिआएका छन् ।

उनका कतिपय समर्थकले उनलाई ‘राजा’ समेत भन्छन् । यद्यपी, २००९ मा समाप्त भएको श्रीलंकाली गृहयुद्धका दौरान उनीमाथि मानव अधिकार उल्लंघनको आरोप लागेको थियो । यस आरोपबाट उनी अहिले पनि मुक्त छैनन् । श्रीलंकामा गृहयुद्धमा हजारौं मानिस मारिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप