मोफसलको दौडमा ‘जोनी जेन्टलम्यान’, पल र आँचलको देखियो क्रेज
काठमाडौं – अभिनेत्री आँचल शर्मा र अभिनेताको पल शाहको चर्चा अचेल निकै हुने गरेको छ । ३० भदौबाट प्रदर्शनमा आउँने चलचित्र ‘जोनी जेन्टलम्यान’का कारणले पनि यि कलाकारको चर्चा हुने गरेको हो ।
चलचित्रममा यि दुबै कलाकार मुख्य भुमिकामा रहेका छन् । दुबै कलाकार चलचित्र युनिट सहित अहिले मोफसलको दौडमा निस्किएका छन् । चलचित्रको प्रदर्शनलाई सफल बनाउँन उनीहरु मोफसल दौडमा होमिएका हुन् ।
केही दिन पहिले मोफसलको दौडमा हिडेको चलचित्र युनिट पोखरा, बुटवल हुँदै मंगलबार नारायनघाट पुगेको छ । बुधबार हेटौडा प्रचार सहित टोली राजधानी फर्किने निर्माता अजय मल्ल ठकुरीले बताए ।
मोफसलको दौडका क्रममा चलचित्र युनिटले बिभिन्न ठाउँमा पत्रकार भेटघाटको कार्यक्रम समेत गरेका छन् । कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ टिमले चलचित्रको प्रचार प्रसार गर्दै दर्शकसँग सिधै अन्तत्र्रिmया समेत गरेको छ । अन्तत्र्रिmयामा चलचित्र प्रति दर्शकको सकारात्म सोच पाएको निर्माण युनिटले जनाएको छ । मोफसलको दौडमा चलचित्रका कलाकार पल शाह र आँचल शर्माको समेत राम्रो क्रेज देखिएको निर्माण युनिटको भनाई रहेको छ ।
‘जोनी जेन्टलम्यान’ नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको चलचित्र हो । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतको अभिनय रहेको छ ।
रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’