शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाबु कान्छा’ले ल्यायो ‘चन्द्रमा झै राम्री’ बोलको गीत

शुक्रबार, ०६ असोज २०७४, २१ : ४१
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – चलचित्र ‘बाबु कान्छा’को ‘चन्द्रमा झै राम्री’बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । 
  
‘कणविर’ समावेश यो गीत रिमिक्स भर्सनमा चलचित्र समेटिएको हो । सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सनमा संगीत ओम सुनारले तयार पारेका हुन् ।

गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ ऋतिक शाही एसलिन ज्ञवाली, ज्योत्सना महर्जन लगायत देखिएका छन् । 
गीतमा दीपेन्द्र तिमल्सिनाको नृत्य रहेको छ । 

सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राटा सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरु समेत चलचित्रमा अभिनय रहेको छ ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ ।

संचारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेको चलचित्रमा  सन्तोष राज भण्डारी र सुजन घिमिरे सह–निर्माता रहेका छन् । 

भिडियोः

– कार्यक्रममा चलचित्र नयाँ पुस्तालाई र पुरानो पुष्ता दुबैलाई मनपर्ने हिसावले निर्माण गरिएको बताइएको छ । 

– अभिनेता सलोनले ‘बाबु कान्छा’माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप