ad
केन्द्रीय संस्करण

भारतः जब तरवार निकालेर प्रहरीको पछि दौडन थाले आन्दोलनकारी किसान

person explore access_timeमाघ १४, २०७७ chat_bubble_outline0

भारतको केन्द्र सरकारको कृषि कानूनविरुद्ध किसानले गणतन्त्र दिवसको दिनमा (मंगलबार) ट्रयाक्टर र्यालीको आयोजना गर्यो । यतिबेला  प्रहरीसँग किसानको हिंस्रक झडपसमेत भएको छ । वास्तवमा किसानले विभिन्न स्थानमा ब्यारिकेड्सलाई तोडेर दिल्लीमा प्रवेश गर्ने कोसिस गरिरहेका थिए तत्पश्चात् दिल्ली प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो । यसका कारण रिसाएका एक किसानले तरवार निकालेर प्रहरीलाई नै लखेटिदिए । 

अक्षरधाम मन्दिर नजिकै किसानलाई रोक्नका लागि ब्यारिकेड लगाइएको थियो । केही किसानको जमातले ट्रयाक्टरसहित ब्यारिकेडिङ तोडेर दिल्लीतर्फ छिर्ने कोसिस गर्दा प्रहरीले अश्रु ग्यासको गोला छोडे र उनीहरुमाथि लाठीचार्ज गरे, किसानलाई त्यहाँबाट लखेट्न सुरु गरियो । यो देखेर रिसाएका एक किसानले तरवारमार्फत् प्रहरीहरुलाई तर्साउने कोसिस गरे र उनीहरुलाई पछि हट्न बाध्य पारिदिए । 

किसानको ट्रयाक्टर र्याली दिल्लीमा प्रवेश गरेसँगै त्यहाँको धेरैजसो स्थानमा भारी जामको स्थिती पैदा भयो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.