शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोस्तकको कथा संग्रह ‘मुन्नी’ बजारमा

शनिबार, ०१ फागुन २०७७, १४ : ४६
शनिबार, ०१ फागुन २०७७

पोस्तक श्रेष्ठले २२ वटा सामाजिक कथा समावेश ‘मुन्नी’ कथासंग्रह बजारमा ल्याएका छन् । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्द श्रेष्ठको पुस्तकलाई लिपि बुक्सले प्रकाशन गरेको हो । 

संग्रहित पुस्तक समावेश कथाहरुमा समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए ।  ‘अमेरिका तथा नेपाली समाजका विभिन्न  घटनाहरु कथामा अटाएका छन् । किनकी  एउटा लेखक कुनैपनी विषयमा तटस्थ हुन सक्दैन’, उनले भने, ‘कथामा सामाजिक विषयहरु अटाएका छन् । जहाँ प्रेम,युद्ध,राजनिती तथा सामाजिक विषय छन् ।’

पुस्तक प्रकाशन गर्नु अघि कथाहरु आफ्ना भएपनी प्रकाशन पश्चात्  भने पाठकको रहेको उनले बताए । ‘अब मैले पुस्तकमाथी चर्चा गर्नुभन्दा पाठक आफैले मुल्यांकन गर्नुहुन्छ’, उनले । लामो समयदेखी श्रेष्ठले पत्रपत्रिकामा कथा तथा कविताका माध्यमले आफ्नो उपस्थिती देखाइसकेका छन् ।

नेपाली सहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए । ‘यी कथा मात्र होइनन् । हाम्रो समाजका विम्व हुन्’, उनले भने । श्रेष्ठका फरकधारका कथाले पाठकलाई कथाप्रति सम्मोहित गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप