शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी

मङ्गलबार, ३१ चैत २०७७, ११ : ५५
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् ।

फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ ।

पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट छायाँकन सुरु हुनेछ । 

सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहने फिल्मका रामजी राउतको मुख्य सहायक निर्देशन हुन् ।

७५ दिनको छायाँकन तालिका बनाइएको फिल्म काठमाडौं, कालाबाङ, से फोक्सुण्डो तालमा छायाँकन हुने निर्देशक शोभितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप