शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोप उप-संयोजकमा सेडाईको उम्मेद्वारी

आइतबार, २९ असोज २०७४, २१ : १०
आइतबार, २९ असोज २०७४

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजकका लागि हेमन्त सेडाईले उम्मेद्वारी दिएका छन् ।

४० वर्षिय युवा सेडाईको नेपालको स्थायी घर चितवन जिल्ला हो । सामाजिक क्षेत्रमा समेत कृयाशिल उनको एनआरएन पोर्चुगलमा १० वर्ष भन्दा लामो कार्य गरेको अनुभव समेत रहेको छ । 


उनी  विश्वभर छरिएर रहेका युवाहरुलाई नेपालमै लगानी भित्र्याउन  कृयाशिल व्यक्ति मध्ये एक हुन् । ‘नेपालको समृद्धि विकास नै हामी सबैको विकास हो’ उनले भने, यस चुनावमा मेरो जित सुनिश्चत जस्तै छ ।’ राम्रा उम्मेद्वार मध्ये राम्रा सम्भावित व्यक्तिहरु मध्ये अग्रणी स्थानमा उनी गनिन्छन् ।


 एनआरएनएको निर्वाचन यहि असोज २८ गतेदेखि ३० गतेसम्म हुन गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप