मोरङमा एक साता थपियो निषेधाज्ञा
मोरङ्ग प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साताका लागि लम्ब्याउने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण घटे पनि जोखिम उतिकै रहेको निष्कर्ष निकाल्दै जिल्लाभर आगामी असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सातौँ पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाउँदै अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान ११ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो।
त्यस्तै मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ । उल्लेखित पसलहरु खोल्दा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ । मोरङमा ४ हजार २१४ संक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा