शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मस्जिदमा गरे चोरीः चिट्ठीमा लेखे, ‘यसबारे अल्लाह र मेरो कुरा भइसक्यो, कसैले हस्तक्षेप नगर्नु’

आइतबार, ११ असार २०७४, ०९ : ०९
आइतबार, ११ असार २०७४

बीबीसी

पाकिस्तानमा एक व्यक्तिले एक मस्जिदबाट ५० हजार चोरी गरेर एउटा चिट्ठी छोडेका छन् । चिट्ठीमा उनले उक्त मुद्दा उनी र अल्लाह बिच भएको र अरु कसैले पनि हस्तक्षेप गर्न नहुने लेखेका छन् ।

समाचार एजेन्सी पीटीआईले पाकिस्तानको एक पत्रिका द एक्सप्रेस ट्रिब्यूनको एक रिपोर्टको हवाला दिँदै उक्त घटना दक्षिणी पंजाबको खानेवाल जिल्लामा रहेको जामिया मस्जिद सादिकुल मदिनामा भएको बताएको छ ।

चोरले पैसाले भरिएका दुई बक्स उठाएको जसमा मस्जिद आएका मानिसहरु चन्दा राख्ने गर्दथे ।

साथै उनले मस्जिदमा राखिएका यूपीएसका दुई ब्याट्रि पनि लगेका छन् ।

चोरको चिट्ठीः

उनले चोरी गरेपछि मस्जिदमा एउटा चिट्ठी छोडे जसमा लेखिएको थियो, ‘यो म र अल्लाह बिचको कुरा हो । कृपया कसैले पनि मलाई खोज्ने कोसिस नगर्नुहोस् । मलाई यसको निकै आवश्यक थियो त्यसकारण अल्लाहको घरबाट चोरी गरिरहेको छु ।’

चिट्ठीमा लेखे अनुसार उनी पहिले पनि मस्जिद गएका थिए र धर्मगुरुसँग मद्दत मागेका थिए तर उनले मद्दत गर्नुको साटो बाहिर निकालिदिए ।

उनले लेखे, ‘जब मानिसहरुले मेरो मद्दत गर्न अस्विकार गरे तब बाध्यताबस मैले मस्जिदबाट चोरी गर्नुपर्यो । मैले कसैको पनि घरबाट चोरी गरेको छैन । मैले अल्लाहको घरबाट केही लैजादैंछु ।’

मानिसहरुबिच चोरका लागि सहानुभूतिः

पाकिस्तानी पत्रिकाको रिपोर्ट अनुसार स्थानीयले चोरसँग सहानुभूति देखाउँदै मस्जिदका धर्मगुरुसँग उनलाई माफी दिन अनुरोध गरे ।

केही स्थानीयले आफूहरु मिलेर यूपीएस ब्याट्रि खरिद गर्न तयार भए ।

तर मस्जिदका धर्मगुरुले भने चोरलाई पक्राउ गर्नुपर्ने र उनले सजायँ पाउनुपर्ने बताएका छन् । तर उनले पछिल्लो पटक कसैले उनीसँग मद्दत मागेका थिए भन्ने प्रश्नमा उत्तर दिन चाहेनन् ।

पाकिस्तानमा पछिल्लो वर्ष पनि रमजानको महिनामा यस्तो घटना भएको थियो जब एक चोरले मस्जिदबाट पानीको धारा चोरेर लगे र एक चिट्ठी छोडेर आफू गरिब भएको र आफूसँग पैसा भएको बेला फिर्ता गरिदिने जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप