शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युको अफवाह फैलाउनेहरुलाई दिलिप कुमारले दिए यस्तो जवाफ

आइतबार, ११ असार २०७४, १० : १८
आइतबार, ११ असार २०७४

९४ वर्षका दिलिप कुमारले शुक्रबार केही ट्वीटर गरेर आफू जीवित भएको पुष्टि गर्नुपरेको छ । रिपोर्टका अनुसार बिशिबार राती अचानक उनी र उनकी श्रीमती सायरा बानो त्यतिबेला अचम्ममा परे जब केही मानिसहरुले फोन र मेसेज गरेर दिलिपको स्वास्थयबारे सोधपुछ गर्न थाले । वास्तवमा, कसैले उनको मृत्युको झुटो खबर फैलाएका थिए । अफवाहलाई खण्डन गर्नका लागि दिलिपले नयाँ पाइन्ट र सर्ट लगाएर फोटो खिचाए र ट्वीटरमा पोष्ट गरे ।

दिलिपले फोटोको क्याप्सनमा लेखे, ‘सायराले मलाई यो पाइन्ट र शर्ट लगाउन भनिन् । यो आरामदायी छ ।’

त्यसपछि उनले एक अन्य फोटो सेयर गरे जसमा उनले लेखे, ‘र यो दिउँसोको लञ्च पछि खिचिएको तस्बिर हो । ग्रिन टीको मज्जा ।’

साथै, दिलिपले अन्य केही ट्वीट गर्दै लेखे, ‘म केही समयदेखि यो माध्यमबाट टाढा थिएँ । मेरो मन सधैं तपाईंहरुसँगै रहन्छ र तपाईंको शुभकामना र प्रार्थना मसम्म पुग्ने गर्दछ ।’

‘अल्लाहको कृपा हामीमाथि छ । यो रमजान मेरो स्वास्थ्य पूर्ण रुपमा ठिक छ । नियमित औषधी र अनियमित निन्द्राका कारण ब्रत भने बस्न सकिनँ ।’

‘ममाथि र सायरामाथि अल्लाहको कृपा छ । हामीप्रति तपाईंहरुले दर्साउनु भएको प्रेम र शुभकामनाका लागि धन्यवादले मात्र पुग्दैन ।’

‘आज पनि अवार्ड र सम्मानका लागि निम्तो आउने गर्दछ । स्वास्थ्यका कारण यात्रा गर्न र अवार्ड सम्मानलाई व्यक्तिगत रुपमा स्विकार गर्न सक्दिनँ । तर धन्यवाद ।’

स्मरण रहोस्, दिलिपले प्रशंसक र साथीसँग सम्पर्कमा रहिरहनका लागि सन् २०११ को नोभेम्बरमा ट्वीटर ज्वाइन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप