बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको भैंसेपाटीमा बम भेटियो

मङ्गलबार, १९ मङ्सिर २०७४, १२ : ०९
मङ्गलबार, १९ मङ्सिर २०७४

काठमाडौं–ललितपुर महानगरपालिका २५ स्थित भैंसेपाटी–सैबुमा बम भेटिएको छ ।   

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको  सैबुस्थित घरको गेटमा अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ । 

बिहान १० बजेको समयमा   मोटरसाइकलमा आएका अपरिचित ६ जनाले गेटमा बम राखेर   फरार रहेको बताइएको छ ।  बम  राखेर भागेसँगै  भण्डारीका आफन्तले प्रहरीमा खबर गरेसँगै   नेपाली सेनाको बम डिस्पोजल टोली  सो स्थानमा पुगेको छ । 

 ललितपुर प्रहरीका अनुसार अहिले सेनाको टोलीबाट बम डिस्पोज गर्ने काम चलिरहेको छ । 

चुनावको मिति तजिकिँदै जाँदा राजधानीका विभिन्न स्थानमा बम आतंक बढेको छ । 
 सोमबारमात्रै पनि बालुवाटारस्थित सभामुखको निवास नजिकै बम भेटिएको थियो भने चपलीमा भएको विस्फोटमा कांग्रेस नेता गगन थापासहित ११ जना घाइते भएका थिए । 

बम विस्फोटका घटना बढ्न थालेपछि राजधानीबासी  त्रसित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप