सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

बिहीबार, २७ वैशाख २०८१, ०६ : २५
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ । 

यसअघि हिजो बसेको पार्टीका वर्तमान र पूर्वपदाधिकारीको  बैठकमा रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको थियो ।  यो विषयमा पनि आज बस्ने संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्ने बताइएको छ । 

यद्यपि सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे बैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान कायमै छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप