कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
बिहीबार, २७ वैशाख २०८१, ०६ : २५
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
यसअघि हिजो बसेको पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बैठकमा रवि लामिछानेले संसद्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको थियो । यो विषयमा पनि आज बस्ने संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्ने बताइएको छ ।
यद्यपि सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे बैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण