रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा
मड्रिड । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्न सफल भएको हो ।
खेलको ६८ औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि जर्मन क्लब फाइनलतर्फ अग्रसर बनेको थियो । तर, ८१ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्नको सपना चकनाचुर बन्यो ।
८८ औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे । दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको पुनरागमन पूरा गरे ।
खेल विवादरहित भने बन्न सकेन । इन्जुरी समयको १३ औँ मिनेटमा बायर्नका म्याथिस डी लिटले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसअघि नै अफसाइड करार गरे । टेलिभिजन रिप्लेमा रेफ्रीको उक्त निर्णय गलत देखिएको थियो ।
१४ पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण