शुक्रबार सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु
एजेन्सी– सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ ।
अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ । मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए ।
ती सर्वसाधारण सरकारको समर्थनगर्दै आएको रसिया आवद्ध युद्धक विमानको आक्रमणमा मारिएका हुन् । यस आक्रमणमा केही सैनिक र अल कायदा आवद्ध फतेह अल सामका लडाकू पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ । तर उनीहरु के कतिको सङ्ख्यामा छन् भन्ने बारेमा भने केही बताइएको छैन ।
अब्जरभेटरीका प्रमुखका रामीकाअनुसार गत हप्तादेखि यता मात्रै सो क्षेत्रमा ४२ सर्वसाधारण र ४८ जना लडाकूको सरकारी सेनाले गरेको कारबाहीमा मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा