शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वती पूजाको पिकनिकबाट फर्किएको ट्रयाक्टर दुर्घटना, ३ को मृत्यु

मङ्गलबार, ०९ माघ २०७४, ०९ : १२
मङ्गलबार, ०९ माघ २०७४

बर्दिबास - बर्दिबास जलेश्वर सडकखण्डअन्तर्गत महोत्तरीको रामगोपालपुर नगरपालिकामा सोमबार राति सांढे ९ बजे ट्रयाक्टर दुर्घटना भएको छ । 

सरस्वती पूजाको पिकनिक मनाएर रामगोपालपुरबाट महोत्तरीको टिकुलिया फर्कदै गरेको ज १ त ३५१६ नम्बरको ट्रयाक्टर बाक्लो हुस्सुका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । 

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० बर्षका शतेन्द्र साह, सोही वडा बस्ने १८ वर्षका रामबाबु मण्डल, ४५ बर्षकी सावित्री देवी मण्डल रहेका छन् ।  

जनकपुर अञ्चल अस्पतालमा घाइतेको उपचार भइरहेको महोत्तरी प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।

-निकेश खनाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप