मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनअघि अपरहणमा परेका वडा अध्यक्षका छोरा मृत फेला

आइतबार, ०६ फागुन २०७४, १४ : ४५
आइतबार, ०६ फागुन २०७४

पुनहरी घिमिरे

कपिलबस्तु–कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । 
तीन दिन अघि अपरहणमा परेका भनिएका  एमान  आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । 
 अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको भनाई छ । 
दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले बताए ।  बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप