शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको ध्यान तानेको एउटा इन्काउण्टर

बुधबार, ०९ फागुन २०७४, १७ : ५०
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–पाब्लो इस्कोबारको सम्पन्नताको स्तर जनाउने धेरै किस्साहरु छन् । १९८० को मध्यतिर  पाब्लो इस्कोबारको हप्ताको कमाई ४२ करोड डलर थियो । यो हिसाबमा उनको वार्षीक  आय २२ अर्ब डलर हुन्थ्यो । 

इस्कोबारको नाम सन् १९८७ देखि १९९३ मा उनको मृत्यु नभएसम्म फोब्सको अर्बपतिको सूचीमा परेको थियो । १९८९ मा उनले सो सूचीको सातौं नम्बरमा बाजी मारेका थिए । 

उनी आफूसँग रहेको पैसाको बिटो कस्नलाई मात्र साप्ताहिक १००० अमेरिकी डलरको रबर किन्ने गर्ने गर्थे भन्ने किस्सा सुन्न पाइन्छ  । 

एक पटक उनको छोरीलाई शरीर नतात्ने रोगले समायो । तत्काल डाक्टरको व्यवस्था गर्न नसकेपछि उनले छोरीलाई न्यानो बनाउन २० लाख डलर नोट जलाएका थिए ।

तर उनको यो सम्पूर्ण कमाईको श्रोत भने गैरकानुनी थियो । अतिकम विकसित दक्षिण अमेरिकी देशमा पहिलेदेखि कोकिनको खेती हुने गथ्र्यो । सानो स्तरमा यसलाई प्रशोधन गरेर अमेरिकी लागू औषध प्रयोगकर्ता माझ पठाइन्थ्यो । 

शुरुवाती  दिनमा सामान्य र चोरी लुटपाटको काममा संलग्न इस्कोबारले पछि कोकिनलाई पाउडर बनाएर बेच्न सिके । उनले अमेरिकामा बढ्दो कोकिनको मागलाई हेरेर यसमा सम्भावना रहेको बुझे । उनले दक्षिण अमेरिकामा उत्पादन हुने कोकिनलाई प्रशोधन गरेर अमेरिका पठाउन थाले । यसलाई व्यवसायिक रुपमा कसैले सञ्चालन नगरेकाले प्रारम्भमा उनी प्रतिस्पर्धाबिहिन रहे । यसले छिट्टै उनले प्रशस्त पैसा कमाए । उनले यो नयाँ सम्पन्नताले ससाना कोकिन उत्पादक र अमेरिकामा कोकिन बजार बीचमा सेतु बन्न खर्च गर्न सक्ने भए । 

कोलम्बियाको अवस्थितिले गर्दा बाँकी दक्षिण अमेरिकाको सामान आपुर्तिको लागि यो देश भएर जानुपर्ने हुन्छ । अल्पविकसित अवस्था र भ्रष्ट शासनका कारण अधिकाशं देशमा कोकिन खेती निक्कै फस्टाएको थियो । यसको एक मात्र बजार अमेरिका र त्यहाँ जाने रुट कोलम्बिया र त्यो रुटमा इस्कोबारको कब्जा । यो स्थीतिले उनी ड्रग्सको भाउ तोक्न सक्ने कार्टेलको नेता हुने स्थानमा पुगे । यसले गर्दा उनीसँग माथि भनिएको अथाहा पैसा जम्मा हुन थाल्यो । उनलाई कोकिनको राजा भन्न थालिएको थियो । 

कमाएको पैसा तत्काल सेतो धन बनाउन नसक्दा उनी ठूलो मात्रमा पैसा खाल्डो खनेर राख्ने गर्थे । यसरी राखेको पैसामध्य १० प्रतिशत  रकम त मुसाले खाएर वा पानी र अन्य कारणले नष्ट हुने गरेको उनको रकमको हिसाब राख्ने जिम्मा पाएका  भाई रोबर्टो इस्कोबारले बताएका थिए । त्यो भनेको २ अर्ब डलर हुन आउथ्यो ।

असीको दशकको अन्त्यसम्म आइपुग्दा उनको कार्टेलले विश्वमा बिक्री हुने कोकिनको ८० प्रतिशत आपुर्ति गथ्र्यो । यसले अमेरिकामा मात्र दैनिक १५ टन कोकिन तस्कर गथ्र्यो । 

सन् १९८२ मा इस्कोबार कोलम्बियाको सांसदमा पनि निर्वाचित भएका थिए । यस समयमा उनले पश्चिम कोलम्बियामा गरिबका लागि घर र फुटबल फिल्डहरुको निर्माण गरेका थिए । यसले उनी सो क्षेत्रमा निक्कै चर्चित भएका थिए । गरिबमाझ उनको लोकप्रिय  छवि बनेको थियो ।

सफलता पछि उनको सिको गर्दै अरु कार्टेलहरु पनि अस्तित्वमा आउन थाले । कार्टेलबिच बजारको लागि हिसांत्मक प्रतिस्पर्धा हुन थाल्यो । पाब्लो इस्कोबारले नेतृत्व गरेको कार्टेलको तुलनामा बाँकी निक्कै साना थिए । तर आफ्नो हिस्सा बढाउन उनीहरु पनि हिंसाको सबै तरिका अपनाउन थालिसकेको थिए ।
बर्चस्व कायम गर्ने र बर्चस्व बढाउने यो लडाईको क्रममा पुलिस अधिकारी, न्यायाधीश , स्थानीय र कयैन नाम चिनिएका राजनैतिज्ञ थुप्रैको ज्यान गयो । सो समय कोलम्बियालाई विश्वको हत्याको राजधानी भनिन्थो । 
इस्कोबार कुख्याति संसार भरि फैलिसकेको थियो । अमेरिकाको लागु औषध नियन्त्रण विभागले उनलाई उच्च खोजी सूचीमा राख्यो । उनी लुकेको स्थान पत्ता लगाउन मात्र अमेरिकाले करोडौ डलर खर्च गरेको मानिन्छ । सि.आई.ए.ले उनको कयैन पटक हत्याको प्रयास ग¥यो । 

उनले आफ्नो सम्राज्य विस्तार गर्दा थुप्रैलाई दुश्मन बनाएका थिए । कोलम्बियामा पाब्लो इस्कोबारबाट पीडित मानिस(लस पेपेस) भनिने समूह नै बनेको थियो । यो समूहले सरकारको सहयोगमा अर्धसैनिक दस्तानै बनाएको थियो । यसको एउटै उद्देश्य इस्कोबारको हत्या गर्नु थियो । 

साथै १९९२ मा कोलम्बियन सरकारले पाब्लो इस्कोबारलाई समात्न वा मार्ने उदेश्यले विशेष पुलिस दस्ता सर्च ब्लक स्थापना गरेको थियो । यो दस्तालाई सि.आई.ए.ले विशेष तालिमको व्यवस्था गरेको थियो । 
२ डिसेम्बर १९९३ को दिन पाव्लो इस्कोबारको रेडियो सिग्नल मेडलिन क्षेत्रबाट आएको पाइयो । सो सिग्नल पछ्याउदै गएको लस पेपेस र सर्च ब्लकको टोलिले उनी बसेको स्थान घे¥यो । गोली चल्न थालेपछि इस्कोबार र उनका अङ्गरक्षक गोली फर्काउदै छानाबाट भाग्न लागे ।

दुई जनालाई लक्षित गरेर गोलीको वर्षा गरिएको थियो । त्यो मध्य एक गोली इस्कोबारको कानबाट छिरेर माथि शिरबाट निस्कियो । सो गोली कसले हानेको थियो अहिले सम्म विवादको विषय रहेको छ । तर अर्को दिन सबैभन्दा खोजिएको र कसैको हात नलाग्ने झैं लाग्ने अर्बपति अपराधीको हत्याको खबरले विश्व चकित भयो । तर उनको हत्याले पनि सो क्षेत्रमा कायम ड्रग्सको कार्टेल भने तोडिएन । बरु विभाजित रुपमा त्यो झन हिंसात्मक रुपमा आजसम्म चलिरहेको छ ।

तर गरीब परिवारमा जन्मेर इतिहासको सबैभन्दा धनी अपराधी बनेका इस्कोबारको उदयको कथा कति रोचक रहेछ भने उनको जीवनमा आधारित टेलिफिल्म अनलाइन स्ट्रिमिङ्ग सेवा नेटल्फीक्समा भर्खरै देखाइदा त्यो प्लाटफमको सबैभन्दा चर्चित मध्य एक सो रहयो । उनका बारेमा अरु पनि कयैन फिल्म र किताब लेखिएका छन् ।

विभिन्न एजेन्सीको सहयोगमा/ श्रवण उप्रेती

मनोज पुन इन्काउन्टर सम्बन्धी समाचार

इन्काउन्टरमा मनोजलाई १२ गोली

DEVELOPING STORY : मनोज पुन जो गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप