शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाको ‘एशियन मोडल फेस्टिभल’ बिक्रम र पूजा

आइतबार, ०९ वैशाख २०७५, १७ : १७
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं –दक्षिण कोरियामा आगामी मे ६ तारिकबाट आयोजना हुने ‘एशियन मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व विक्रम आदित्य महासेठ र पूजा श्रेष्ठले गर्ने भएका छन् । 

राजधानीमा हालै आयोजित एक कार्यक्रममा ‘फेश अफ नेपाल २०१८’ घोषित भएसँगै उनीहरुले सो अवसर प्राप्त गरेका हुन् । एशियन मोडल फेस्टिभल’ एशियाको सबैभन्दा वृहत् र चर्चित मानिएको मोडलिङ र फेसन जगतको ठुलो कार्यक्रम हो । 

फेष्टिभलमा नेपाल सहित मंगोलिया, कोरिया, भारत, चीन, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, जापान, भियतनाम, मलेशिया, हङकङ लगायत २७ मुलुकका उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ । 

मोडलका रुपमा बिक्रम र पूजाले प्रस्तुत गरेको बिभिन्न प्रस्तुति एवं व्यक्तित्वको आधारमा विक्रम र पूजालाई ‘एशिया मोडल फेस्टिभल फेश अफ नेपाल’ घोषणा सहित कार्यक्रममा सहभागीताको लागि अवसर प्रदान गरिएको हो ।

कोरिया मोडल एसोसिएसनको सहकार्यमा पूणे फेसन वीकले आयोजना गर्दै आएको यो कार्यक्रममा २०१६ बाट नेपालको प्रतिनिधित्व गर्दै आएको छ । 

बिक्रम र पुजालाई कार्यक्रममा नेक्स्ट मोडल्स नेपाल पठाउन लागेको हो । नेपाली मोडललाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो र देशको परिचय फराकिलो बनाउने अवसर प्रदान गर्न फेष्टिभलमा बिक्रम र पूजा सहभागी हुन लागेको नेक्स्ट मोडल्स नेपालकी यतना पाण्डेले जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप