शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरपश्चिम चीनमा सडक दुर्घटनाः सात जनाको मृत्यु

बिहीबार, ०३ जेठ २०७५, १७ : २०
बिहीबार, ०३ जेठ २०७५

एजेन्सी– उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । 

एक ट्रकले मिनिबसलाई ठक्कर दिँदा भएको यस घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका छन् । 

मिनीबसमा भएका चालकसहित सात व्यक्तिको मृत्यु भएको छ भने अन्य छ घाइते भएका छन् । 

राजमार्गमा मिनीबस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । 

दुर्घटनापछि ट्रकचालक फरार रहेका र दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप