शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वनमा घाँस काट्न गएका तामाङ गैँडाको आक्रमणबाट घाइते

सोमबार, ०७ जेठ २०७५, १४ : ५६
सोमबार, ०७ जेठ २०७५

रत्ननगर– चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट आज एक व्यक्ति गम्भीर घाइते भएका छन् । 

पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान करीब १० बजे उक्त घटना भएको थियो । 

खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप