शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले जारी गर्यो ४४७ जना केन्द्रीय सदस्यको नाम (नामावलीसहित)

मङ्गलबार, ०८ जेठ २०७५, १४ : ००
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् ।

पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ । 

तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो । 

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् । 

६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् । 

यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ । 

अब सबै मन्त्री नेकपाका केन्द्रीय सदस्य (सूचीसहित)

गत जेठ ३ गते एकता गरेका एमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् । प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् ।
बिष्णु पौडेल महासचिव भएका छन् । 

यसबाहेक एकीकृत पार्टीलेसंगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । 

उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । 

सो पार्टीले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । 

यसबाहेक जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय भएको छ । 

१५ दिनभित्र यी काम पुरा हुने जनाइएको छ । 

नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । 

एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप