शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?

सोमबार, २८ जेठ २०७५, १३ : ०२
सोमबार, २८ जेठ २०७५

तमारा गिल /बीबीसी न्यूजवर्ल्ड

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच  सिंगापुरमा एक ऐतिहासिक भेट हुँदैछ ।

यो भेटले कस्तो नतिजा ल्याउला, सबैको ध्यान यसमै केन्द्रित छ । यस्तोमा केही राजनीतिक विश्लेषकले शीतयुद्धका दिनमा भएका यस्तै ऐतिहासिक भेटलाई याद गरिरहेका छन् ।

यीमध्ये केही कूटनीतिक तरिकाले सफल रहे त कुनै बैठक पूर्ण रुपमा असफल साबित भए ।

यी भेटघाटमा अमेरिकी राष्ट्रपतिहरुको सोभियत संघका नेताहरु र चीनियाँ नेताहरुसँग भएको भेटघाट समावेश छ ।

तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने ट्रम्प पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र रोनाल्ड रेगनजस्ता छैनन् ।

यस्तै, किम जोंग उन पनि सोभियत संघका अनुभवी नेता मिखाइल गोर्बाचोफ र चीनियाँ नेता माओजस्ता छैनन् ।

तर विश्लेषकका अनुसार इतिहासको त्यो संवेदनशील अवस्थामा ती नेताहरुले जुन सम्झौता गरे, त्यस्तै प्रकारका केही स्थिती अहिले पनि विद्यमान छ ।

पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडी (दायाँ) सँग सोभियत संघका नेता निकिता ख्रुश्चेव (बायाँ)

१. ठूला उद्देश्य भर्सेस मामूली एजेन्डाः

विघटित भइसकेको सोभियत संघको विदेश मन्त्रालयमा काम गरिसकेका निकोलाई सोकोव भन्छन्, ‘यदि इतिहासमा यस्ता कुनै बैठकबारे कुरा गर्ने हो भने सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र सोभियत संघका नेता निकिता ख्रुश्चेवबीच यस्तै बैठक भएको थियो ।’

सोकोव ती व्यक्तिमध्येका एक हुन् जसले अमेरिका र सोभियत संघबीच परमाणु हतियारको विषयमा कुराकानीमाथि प्रयास गरेका थिए ।

दुबै देशका सर्वोच्च नेताबीच भिएनामा भएको उक्त बैठकलाई थुप्रै इतिहासकारले एक असफल भेटको रुपमा हेरेका छन् ।

जवान जोन एफ केनेडी अमेरिकाको राष्ट्रपति बनेको चार महिनापछि बिना तयारी र एजेन्डाबिना नै ख्रस्चेवलाई भेटे । तर अन्त्यमा ६७ वर्षका अनुभवी नेता ख्रश्चेव युवा राष्ट्रपति केनेडीमाथि भारी भए ।

अमेरिकी विदेशमन्त्रालयका एक अधिकारी याद गर्दै भन्छन्, ‘यो बैठकमा दुबै महाशक्तिबीच तनाव यतिसम्म बढ्यो कि सोभियत नेताले ‘यदि अमेरिका जर्मनीका लागि युद्ध सुरु गर्न चाहन्छ भने ठिक छ’ भन्दै धम्की दिए ।’

जोन एफ केनेडीले ‘द न्यूयोर्क टाइम्स’ लाई दिएको एक अन्तर्वार्तामा ख्रुश्चेवले आफूलाई बर्बाद गरिदिएको कुरा स्विकारेका थिए ।

क्यूबा मिसाइल संकटः

सोकोवले बीबीसीलाई बताए, ‘यो शिखर सम्मेलन असफल हुँदा क्यूबा मिसाइल संकट, बर्लिन वाल र भियतनाम युद्धको स्थिती पैदा भयो । ’

क्यालिफोर्नियाको परमाणु प्रसार निरोध अध्ययनका लागि चलिरहेको जेम्स मार्टिन सेन्टरमा अनुसन्धानकर्ताको रुपमा काम गरिरहेका सोकोवले ट्रम्प–किमको भेटको अपेक्षालाई कम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनी स्पष्ट पार्दैै भन्छन्, ‘यो भेटघाट सिमित उद्देश्यका लागि सफल हुनसक्छ  वा यो महत्वाकांक्षी उद्देश्यका कारण असफल पनि हुनसक्छ ।’

यद्यपी, सोकोव यो पनि मान्छन् कि इतिहासको अनुभवलाई धेरै बढाईचढाई हेर्नु हुँदैन ।

उनी भन्छन्, ‘उत्कृष्ट तयारी र हाँसिल हुने नतिजालाई बुझ्नु राम्रो हुन्छ । म व्यक्तिगत रुपमा सिमित नतिजासँग पनि निकै सन्तुष्ट हुनेछु । यदि उनीहरु एक अर्कासँग सम्पर्क राख्न र कुराकानी अघि बढाउनका लागि तयार भए राम्रो हुनेछ । यो नै सबैभन्दा शानदार नतिजा हुनेछ ।’

२. राम्रा र नराम्रा मानिसहरुः

ट्रम्प र किम जोंग उनबीचको प्रस्तावित बैठकको चर्चा चलिरहँदा अर्को एक ऐतिहासिक भेटको पनि कुरा आउँछ । यो चर्चा पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनका सर्वोच्च नेता माओ त्सेतुंगको भेटसँग जोडिएको छ ।

त्यो पहिलो मौका थियो जब एक अमेरिकी राष्ट्रपति कुनै एशियाली देशसँग दशकौंको शत्रुतापछि उक्त देश पुगेका थिए । दुबै देशबीच यस्तो दुश्मनी थियो कि निक्सन चीनमा पुगेपनि माओले उनलाई भेट गर्छन् वा गर्दैनन् भन्ने कुरा निक्सनको समूहलाई समेत थाहा थिएन ।

क्यालिफोर्नियाको मोन्टेरीमा मिडिलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका जानकार जेफरी लेविस भन्छन्, ‘चीनसँग पहिलेदेखि नै परमाणु हतियार भएका कारण अमेरिकालाई एक कम्युनिष्ट चीन स्विकार गर्न कुनै समस्या भएन ।’

‘परमाणु हतियार ती कारणमध्येका एक थिए जसका कारण अमेरिकाले चीनलाई एक महत्वपूर्ण देश मान्यो र यसलाई नजरअन्दाज गर्न सकेन । र मलाई लाग्छ कि उत्तर कोरियाले पनि यस्तै पाठ सिकेको छ ।’

लेविस भन्छन्, ‘यी दुई भेटघाटमा निकै ठूलो भिन्नता छ । निक्सनको चीन यात्राको क्रममा अनुभवी कूटनीतिज्ञसँग लामो र गम्भीर कुराकानी भएको थियो । यस्ता कूटनीतिज्ञमा पूर्व विदेशमन्त्री हेनरी किसिंजर संलग्न थिए । जबकी वर्तमान विदेशमन्त्री माइक पोम्पोईसँग पटक्कै अनुभव छैन ।’

लेविसका अनुसार यो यात्राबाट थुप्रै पाठसहित एक विरोधाभाष पनि पैदा हुन्छ ।

‘अमेरिकामा हामी परमाणु हतियार  र यसका पक्षधर खराब हुन्छन् भन्ने सोच्छौं तर चीनमा जो व्यक्ति परमाणु हतियार चाहन्थे उनीहरु पनि अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्न चाहन्थे । परमाणु हतियार विकसित गर्न चाहने केही उत्तर कोरियाली व्यक्ति अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छन् भन्ने कुरामा हामी तयार रहनुपर्छ ।’

३. आफ्नो दुश्मनलाई चिन्नुहोस्:

आइसल्याण्डमा सन् १९८६ मा रोनल्ड रेगन र मिखाइल गोर्बाचोफको भेटघाटसँग जोडिएको खबरलाई खोजी गर्नुभयो भने तपाईंलाई किम र ट्रम्पको भेटको याद आउँछ ।

राष्ट्रपति रेगनले सोभियत संघलाई ‘शैतानी साम्राज्य’ को संज्ञा दिने गर्दथे जबकी मिखाइल गोर्बाचोफ रेगनलाई एक ‘झुटा व्यक्ति’ मान्दथे । दुबैबीच ठिक यसै प्रकारको बयानबाजी भएको थियो जसरी पछिल्लो वर्ष ट्रम्प र किमबीच हुने गर्दथ्यो ।  

पूर्व राष्ट्रपतिको सहयोगी रहेकी पेगी ग्रान्ड भन्छिन्, ‘त्यतिबेला मानिसहरु निकै चिन्तित थिए किनभने रेगन सोभियत संघविरुद्ध निकै रुष्ट थिए जसका कारण तेस्रो विश्वयुद्धको खतरा निम्तिएको थियो ।’

अंग्रेजी पत्रिका पोष्टको ओप–एडमा लेखक डेविड ई हाफम्यान याद गर्छन्, ‘गोर्बाचोफ एकएक गर्दै छुट दिँदै थिए जसमा परमाणु हतियार नष्ट गर्ने पनि समावेश थियो । अमेरिकी राष्ट्रपति अचम्ममा थिए तर त्यतिबेला गोर्बाचोफले एन्टी मिसाइल शिल्डलाई सिमित गर्ने माग गरेपछि रेगनले अस्विकार गरिदिए ।’

हाफम्यानका अनुसार यसको पाठ यो हो कि आफ्नो विरोधी देशसँग भेटघाट गर्नुअघि त्यसको उद्देश्य र क्षमतालाई पहिचान गर्नुपर्छ । यसका लागि हामीसँग गुप्तचर एजेन्सी, कूटनीतिक र शैक्षिक संस्थान छन् ।

ट्रम्पसँगको भेटवार्तामा यस्तो छ किम जोंग उनको एजेन्डा

किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

किम र ट्रम्पको भेटवार्तामा यी बास्केटबल खेलाडी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप