श्रीमतीले गरिन् श्रीमानको हत्या, ५ वर्षीया छोरी रातभर बाबाको शवसँगै थुनिएपछि...
बिहीबार, ३१ जेठ २०७५, १३ : ०९
ताप्लेजुङ– ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो ।
बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !