सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ

मङ्गलबार, १२ असार २०७५, १३ : २३
मङ्गलबार, १२ असार २०७५

भीमदत्तनगर– घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । 

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । 

‘बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।’ घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने– ‘खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।’ केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ । 

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप