ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले
सोमबार, २४ वैशाख २०८१, ०५ : ५८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।
काठमाडौँमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।
यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।
ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण