भारतीय चर्चित मोडल पाण्डे किन आइन् काठमाडौं ?
शनिबार, ३० असार २०७५, १४ : ४८
काठमाडौं–चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छिन् ।
भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाइनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन् । आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा उनले आफ्नो फ्यानहरुसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको छ । क्रोएसियाले जित हासिल गर्ने दावी गरेकी मोडल पाण्डेले शनिबार संचारकर्मीमाझ आफूसँगै रहेर विश्वकप फुटबल हेर्न आउन नेपाली फ्यानहरुलाई आग्रह गरे ।
मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भनेर चर्चा कमाएकी थिइन् ।