सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिवासको काठेपूलमा बम भेटियो

मङ्गलबार, २९ साउन २०७५, ०९ : ४१
मङ्गलबार, २९ साउन २०७५

बर्दिवास - पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास-१ काठेपूल भन्ने स्थानमा प्रेसर कुकर बम फेला परेको छ । काठेपुल भन्ने स्थानमा रहेको पुलको पश्चिम पट्टिको भागमा बम फेला परेको हो ।

बम फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । 

यातायात सञ्चालनमा रोक लगाएर बम निस्क्रिय पार्ने प्रयास भइरहेको रातोपाटी संवाददाता निकेश खनालले जानकारी दिएका छन् । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजमार्गमा यातायात अवरोध पुर्याउने उदेश्यले बम राखेको हुनसक्ने प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप